पोखरा महानगरपालिकाले चाडबाडलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।
महानगरपालिकाले यही असोज ११ गतेदेखि पोखरा ८, सिद्धार्थ चोकमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले बताए । चाडबाडमा उपभोक्तालाई केही न केही राहत पुुगोस् भन्ने उद्देश्यका साथ सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो ।
पोखराको लेखनाथ क्षेत्रमा पनि सुुपथ मूल्य पसल खोल्नेबारे समेत छलफल भइरहेको उनको भनाइ छ । सुपथ मूल्य पसलमा चिनी, नून, तेल, पीठो, मैदा, चामल लगायतका समान राखिने छन् ।




