अमेरिकाको न्यूयोर्क लङ आइल्याण्डमा अवस्थित हेम्स्टेड टाउनको कार्यलयमा नेपालको संबिधान दिवसको अवसर पारेर हेम्स्टेड टाउनका प्रमुख डोन क्लेबिन र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यज्युबाट संयुक्त रूपमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ ।
पेखराका मेयर धनराज आचार्य र कोर्डिनेशन कमिटी अफ नेपाली कम्युनिटीज अमेरिकाका अध्यक्ष बावुराम शर्माले टाउन अफ हेम्स्टेडका सुपरवाइजर डन केल्विनलाई नेपाली टोपी लगाइ सम्मान गरे । जनसम्पर्क समितिको तर्फबाट नगर प्रमुख धनराज आचार्य लगायतलाई पन्चे बाजा बजाइ स्वागत गरिएको थियो।

कार्यक्रममा कार्यवाहक राजदुत कुमार खरेल, टाउन क्लर्क काटे मुरे, पोखरा महानगरपालिकाका प्रवक्ता मोति तिमिल्सिना, कोर्डिनेशन कमिटी अफ नेपाली कम्युनिटीज अमेरिका लगायत लङ आइल्याण्डका विभिन्न संघ संस्था संग आबद्ध कोर्डिनेशन कमिटीका सदस्यहरु सहभागी थिए ।
सो अवसरमा सुपरवाइजर डन केल्विनले नेपाली समुदायलाई आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । पोखराका मेयर आचार्यले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल पार्न हेमस्टेड टाउनका अधिकारी र नगरबासीलाई पोखरा भ्रमणको निम्तो दिए ।
कार्यक्रम आयोजना गर्न समाजसेवी वेदप्रसाद खरेल, बिश्वराज बास्तोला लगायतले समन्वय गरेका थिए ।




