मुख्य समाचार

मुग्लिन–पोखरा सडक छिटो बनाउन मुख्यमन्त्रीको ताकेता

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुग्लिन–पोखरा सडकको काम छिटो गर्न सरोकारावालालाई ताकेता गरेका छन् । गण्डकी प्रदेशको लाईफलाईन रहेको मुग्लिन–पोखरा सडक विस्तार र स्तरोन्नतीको काम सुस्त भएपछि मुख्यमन्त्री पाण्डेले सहज रुपमा सवारी आउजाउ गर्ने गरी छिटो काम गर्न निर्देशन दिएका हुन् । ‘पुर्वी खण्डमा अहिले केही सहज भएको छ, तर पश्चिम खण्डमा काम ढिलो हुँदा सर्वसाधारणले सास्ती पाएका छन’ आईतवार मुख्यमन्त्री कार्यालयमा आयोजित सरोकारवाला विचको छलफलमा मुख्यमन्त्री पाण्डेले भने ‘कुनै… पुरा पढौ

गण्डकीमा बन्यो दुई तिहाइको सरकार

केन्द्रमा नेकपा (एमाले) र कांग्रेसको संयुक्त सरकार बनेको दुई महिनापछि गण्डकीमा एमाले सरकारमा गएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार एमालेबाट नवलपुरकी संसाद पद्मा जिसीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बनाएका छन् । बागलुङका संसाद कृष्णप्रसाद पाठकले स्वास्थ्य मन्त्रालय पाउँदा समानुपातिकबाट सांसद बनेका कास्कीका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था पाएका छन् । एमालेले पर्वतबाट निर्वाचित सांसद मित्रलाल बस्यालले उद्योग तथा पर्यटन मन्त्री बनाएको छ । यसअघि… पुरा पढौ

लेकसाइडमा तीज महोत्सव गर्दै टेवान

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) आयोजनामा पोखरामा ‘तीज सांस्कृतिक महोत्सव २०८१’ हुने भएको छ । ‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित महिलाको महान् पर्व हरितालिका तीज अवसरमा टेवानले दोस्रो संस्करणको रुपमा उक्त महोत्सव आयोजना गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलनमा टेवान अध्यक्ष कमला गिरीले नेपालको संस्कार, संस्कृति, कला, धर्म कसरी पर्यटनमा जोड्न सकिन्छ भन्ने उद्देश्यले गत वर्षदेखि तीज सांस्कृतिक महोत्सव आयोजना गरेकोमा यसपालि पनि निरन्तरता दिइएको बताइन्… पुरा पढौ

९ मन्त्रालय बनाइने, कुन कुन मन्त्रालय फुट्लान् ?

सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गण्डकी प्रदेश सरकारमा नौ मन्त्रालय बनाउने सहमति भएको छ । गण्डकी प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री रहेको हालको मन्त्रिपरिषद् सात सदस्यीय रहेको छ । नयाँ सत्ता समीकरण अनुसार एमाले पनि सरकारमा सहभागी हुने भएपछि मन्त्रालयको सङ्ख्या बढाउने सहमति भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए । “कांग्रेसले मुख्यमन्त्रीसहित पाँच र एमालेले चार मन्त्रालय लिने सहमति भएको छ”, उनी भन्छन्,… पुरा पढौ

साढे ३ करोडमा बन्यो भवन, धर्मशालाबाट नयाँ भवनमा सर्दै प्रहरी

मुस्ताङको इलाका प्रहरी कार्यालय मुक्तिनाथले नयाँ भवन पाएको छ । गण्डकी प्रदेश सरकारको तीन करोड ६० लाख लगानीमा तीन तले भवन बनाइएको हो । बारगुङ मुक्तिक्षेत्र गाउँपालिकामा बनेको यो भवनसहितको कार्यालय परिसर साढे छ रोपनीमा छ । इलाका प्रहरी कार्यालय मुक्तिनाथ अहिले रानीपौवाको पुरानो धर्मशालाका चार कोठामा छ । अब एउटा कोठामा सानो युनिट राखी कार्यालय नयाँ भवनबाटै सञ्चालन हुने मुस्ताङका प्रहरी प्रमुख भोजराज पाण्डेयले बताए । बुधबार आयोजित समारोहमा… पुरा पढौ

पर्यटन राजधानीमा लायन्सको एलएलसी, ८३ क्लब अध्यक्ष दीक्षित

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा लायन्स नेतृत्व शिविर लायन्स लिडरसिप क्याम्प (एलएलसी) पर्यटकीय राजधानी पोखरामा आयोजना गरिएको छ । भदौ ७ गतेदेखि सुरु भएको एलएलसी आइतबार सकिएको हो । ३ दिनसम्म सञ्चालन भएको एलएलसी समापन गर्दै डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले लायन्सको नेतृत्वलाई मजबुत बनाउन यस कार्यक्रमले टेवा पुग्ने विश्वास सुनाए ।उनले लायन्स क्लबलाई सुदृढ र बलियो बनाउन क्षमतावान नेतृत्व आवश्यक पर्ने भएकाले क्लबका नेतृत्वको क्षमता अभिवृद्धिका लागि कार्यक्रम… पुरा पढौ

कुलमानलाई हाेइन, प्रधानमन्त्रीफाई स्पष्टीकरण साेध्नुपर्छः प्रचण्ड

२२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद्बाटै गर्न प्रचण्डको चुनौतीm प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत प्राधिकरणले उठाउन बाँकी करिव २२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद्बाटै गर्न सरकारलाई चुनौती दिनुभएको छ। प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री सामाजिक सञ्जालमा प्रस्ताव गरेर होइन, क्याविनेटबाट निर्णग गराउनुपर्ने बताउनुभयो ।‘प्रधानमन्त्रीले नौ वर्षसम्म किन एक्काइस अर्ब अठासी करोड महसुल उठाइएन भनेर पनि फेसबुकबाटै सोध्नुभएको छ । नियत… पुरा पढौ

लेखा समिति मात्रै किन प्रमुख प्रतिपक्षी दलको नेता पनि राख्नुहोस्ः प्रचण्ड

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लेखा समितिको सभापति मात्र होइन, आवश्यक पर्छ भने प्रमुख प्रतिपक्षी दलको नेता पनि आफैसँग राख्न सत्तारुढ दलहरुलाई चुनौती दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले लेखा समिति सभापति प्रतिपक्षीलाई नदिन कुतर्क गरिएको भन्दै आपत्ति जनाउनुभयो । ‘संसदीय परम्परामा संसारभरि नै लेखासमितिको सभापति प्रतिपक्षले पाउने गरेको छ । यो एक किसिमको लोकतान्त्रिक सन्तुलन र नियन्त्रण हो ।… पुरा पढौ

रास्वपा साधारण सदस्यसमेत नरहने गरी निष्कासित भए मुकुल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ। मंगलबार बिहान बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीका संस्थापक महामन्त्री ढकाललाई निष्कासन गरेको हो। पार्टीको मर्यादाविपरीत गएको भनी दुई पटकसम्म स्पष्टीकरण सोधेको रास्वपाले मुकुललाई यसअघि महामन्त्री एवम् प्रवक्ताको जिम्मेवारीबाट हटाएको थियो। यस यसपटक भने पार्टीबाटै हटाउने निर्णय गरेको हो। यता ढकालले आफू रवि लामिछानेको क्लबबाट भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘रवि लामिछानेको… पुरा पढौ

अन्नपूर्णबाट २ स्पेनिस सम्पर्कविहीन

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९, तीखेढुङ्गाबाट दुई स्पेनिस नागरिक सम्पर्कविहीन भएका छन् । उनीहरु उल्लेरी हुँदै घोरेपानी जाने क्रममा आइतबारबाट सम्पर्कमा छैनन् । एक्याप वीरेठाँटीमा आइतबार बिहान सवा १० बजे उनीहरुले नाम दर्ता गराएको पाइएको छ । एक्याप वीरेठाँटी चेकपोष्टका इन्चार्ज यामबहादुर गुरुङले ३७ वर्षीय पुरुष इरिक कासानोभास र ३० वर्षीया महिला मोलास जुन्का मेसीको नाम दर्ता रहेको जानकारी दिए । बाटोमा झोला राखेर छहरामा फोटो खिच्ने क्रममा खोलामा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं