अनुरा कुमारा दिसानायके शनिबार भएको श्रीलंकाको राष्ट्रपतिको चुनावबाट आइतबार चुनिएका छन् । राष्ट्रपति रनिल विक्रमासिंगे, राजापाक्षे परिवारका उत्तराधिकारी नमाल राजापाक्षे, विपक्षी नेता तथा पूर्वराष्ट्रपति आर प्रेमदासाका छोरा सजित प्रेमदासजस्ता चिरपरिचित उम्मेदवारलाई हराएर उनले चुनाव जितेका हुन् ।
उनको जनता विमुक्ति पेरामुना (जेभीपी)ले यसअघि दुईपटक असफल हिंसात्मक विद्रोह गरेको थियो। अघिल्लो पटक २२५ सिटको संसदमा उनको पार्टीसँग जम्मा तीन सिट थियो।
दिसानायके नेसनल पिपुल्स पावर नामक गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनेका थिए। कोलम्बोबाट करिब १७७ सय किलोमिटर टाढा रहेको थम्बुट्टेगामा नामक स्थानमा गरिब परिवारमा जन्मेका दिसानायके आफ्नो गाउँबाट विश्वविद्यालयमा भर्ना हुने पहिलो विद्यार्थी थिए।
विज्ञान विषयमा उनले १९९५ मा स्नातक पास गरे र राजनीतिमा सक्रिय भए। १९८७ मै उनी जेभीपीमा आबद्ध भइसकेका थिए।
सन् २००० मा सांसद चुनिएपछि उनको खास राजनीतिक आरोह सुरु भयो। २०१४ मा उनी पार्टीको नेता भए। नेतृत्वमा पुगेपछि उनले पार्टीको छवि बदल्ने कोसिस गरे।
दिसानायके पहिलोपटक २०१९ मा राष्ट्रपतिमा उठेका थिए। तर, उनले ३ प्रतिशत मतमात्र पाएका थिए ।
‘