मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । वित्तीय संस्थाहरुको बिरुद्धमा अभियान चलाउँदै हिडेका पसाईलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो ।
गएको बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको स्रेस्तेदार रामु शर्माले जानकारी दिए।
प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल८विरूद्ध पनि पुर्जी जारी भएको थियो । उनीहरूविरूद्ध विद्युतीय कारोबार ऐन अनुसारको कसुर गरेको भन्दै पुर्जी जारी भएको हो।
पक्राउ गर्ने हातपातमा उत्रिएका प्रसाईंका अंगरक्षकलाई नियन्त्रणमा लिइएको छ । साइबर व्युरोबाट डीएसपीको नेतृत्वमा गएको प्रहरी टोलीलाई महानगरीय प्रहरी परिसर भक्तपुर र ठिमी वृत्तले सघाएका छन् ।






