खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय पोखराले भोलिदेखि पोखरामा खाद्यको सुपथ पसल सुरु गर्ने भएको छ ।
कम्पनीको प्रधान कार्यालयबाट भएको निर्देशन नेपालीका महान पर्वहरु दशैँ, तिहार तथा छठको अवसरमा सहुलियत मूल्यको पसलमार्फत उपभोक्तालाई खाद्यवस्तुमा छुट दिन लागिएको हो । कम्पनीको साविक खाद्य संस्थान पोखरा विरौटा स्थित यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपाल खाद्य बिक्री कक्ष, पृथ्ीवीचोक स्थित बिक्री केन्द्र र कार्यालयको रिले केन्द्र बिमलनगर तनहुँबाट सेवा उपलब्ध हुनेछ ।
असोज ३ देखि माघ २ गतेसम्म खाद्यान्नमा प्रति केजी ५ रुपैयाँका दरले छुटका साथ सहुलियत पसल सञ्चालनमा आउने निमित्त प्रादेशिक प्रमुख रन्जना केसीले जानकारी दिइन् । सहुलियत पसलको उद्घाटन भने असोज ६ गते हुनेछ ।
यसपालि खाद्य पोखराले ७ सय क्विन्टल खाद्यान्न सुपथ पसलमार्फत बिक्री र सोका लागि आवश्यक पूर्व तयारी भइसकेको कर्मचारी सिर्जना बोहोराले सुनाइन् ।
अहिले २२५० को २५ केजी स्टिम जिरा चामल छुटपछि २१२५ मा उपभोक्ताले पाउने छन् ।




