मुख्य समाचार

शोकमा डुब्यो पुरुन्चौर, किशोर पवनले गुमाए ६ आफन्त

पोखरा महानगरपालिका वडा नं १९ पुरुन्चौरको तल्लाकोट ७ जना र पोखरा–३२ चैनपुरमा ३ गरी पोखरा महानगरमा बाढी, पहिरोले १० जनाको ज्यान गएको छ । एकै परिवारका ६ सहित ७ जनाको ज्यान गएपछि पुरुन्चोर बस्ती नै शोकमा डुबेको छ । पहिरोमा परी तल्लाकोट निवासी ४७ वर्षीय कुलबहादुर परियार, ४३ वर्षीय मनकुमारी परियार, ८५ वर्षीय लक्षिमा परियार, १५ वर्षीय प्रशना परियार, २० वर्षीय प्रभा परियार, २५ वर्षीय अस्मित परियार र राधिका परियारले… पुरा पढौ

ढल्यो प्रचण्ड सरकार, ओलीको नियुक्ति आइतबार हुने

पाँचौ पटकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट विश्वास गुमाएका छन्। शुक्रबार प्रचण्डले विश्वास गुमाएसँगै गठन भएको १८ महिनापछि उनी नेतृत्वको सरकार पनि ढलेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् । आइतबार ५ बजेसम्मको समय दिइएकाले नियुक्ति पनि सोही दिन गर्ने समझदारी भएको बताइएको छ । संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न एमाले र कांग्रेसले राष्ट्रपतिलाई… पुरा पढौ

कास्कीमा बाढीपहिरो: ११ को मृत्यु, ४ घाइते

बिहीबार राति कास्कीका विभिन्न ठाउँमा आएको पहिरोले ११ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । पहिरोले पुरिँदा पोखरा महानगरपालिका वडा नं १९ पुरनचौरमा ७ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृतकहरुमा वर्ष ४७ का कुलबहादुर परियार, उनकी ४३ वर्षीय श्रीमती मनकुमारी, आमा ८५ वर्षकी लक्षिमा, छोरीहरू १५ वर्षकी प्रसना, २० वर्षकी प्रभा र वर्ष २५ का ज्वाइँ अस्मित परियार रहेका छन्… पुरा पढौ

मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलालाई आत्मरक्षा तालिम

पोखरा महानगर क्षेत्रका मनोरञ्जन क्षेत्रमा कार्यरत महिला कर्मचारीका लागि लैंगिक हिंसा न्यूनीकरण सम्बन्धी प्रशिक्षण तथा आत्मरक्षा तालिम दिइएको छ । सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीसँगको सहकार्य तथा राइट फर चिल्ड्रेनको विशेष सहयोगमा तालिम आयोजना गरेको हो । कार्यक्रममा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले लैंगिक हिंसा तथा महिला, बालबालिका बिरुद्ध हुने कसुरसम्बन्धी कानुनी व्यवस्थाबारे सहजीकरण गरे । तालिममा मुआथाइ प्रशिक्षक… पुरा पढौ

तनहुँबाट नाबालिका अपहरण गरी पोखरा ल्याएर सामूहिक बलात्कार

नाबालिकालाई अपहरण गरी सामूहिक बलात्कार गरेको अभियोगमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । प्रहरीले धनुषा जिल्लाको क्षिरेश्वरनाथ गाउँपालिका वडा नं.१० गोपालपुर घर भई हाल पोखरा–११, रानीपौवा बस्ने वर्ष २१ का अरुणकुमार दास र भारतको बिहार सीतामणि घर भई हाल पोखरा–११, रानीपौवा बस्ने वर्ष १९ का सुनील दासलाई पक्राउ गरेको हो । अरुण र सुनीलले असार १७ गते दिउँसो तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ४, थर्पुबाट एक… पुरा पढौ

सोमबारसम्म निरन्तर वर्षा, कुन प्रदेशमा कस्तो रहनेछ मौसम ?

जल तथा मौसम विज्ञान विभागले शुक्रबार शुरू भएको मौसम बदली सोमबारसम्म रहने पूर्वानुमान गरेको छ । विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तीन दिनका लागि मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै बदली यथावत्‌ रहने जनाएको हो । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित रहेको महाशाखाले जानकारी दिएको छ । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा… पुरा पढौ

पोखरामा चितुवाको आक्रमणमा प्रहरी घाइते

पोखरा महानगरमा शनिबार साँझ चितुवा धपाउने क्रममा एक प्रहरी घाइते भएका छन् । चितुवा धपाउने क्रममा त्यसले कम्मरमा चिथोर्दा ३२ वर्षीय प्रहरी जवान नारायणप्रसाद तिवारी घाइते बनेका हुन् । शनिबार साँझ साढे पाँच बजेतिर पोखरा–१७, छोरेपाटनका बासिन्दा श्याम बास्तोलाको बारीमा चितुवा आएको खबर पाएपछि प्रहरी चौकी छोरेपाटनबाट टोली खटिएको थियो । सोही टोलीमा रहेका तिवारीको उपचार हुँदै गरेको र अवस्था खतरामुक्त रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र… पुरा पढौ

मणिपाल काण्डः पोखरा महानगरमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले मङ्गलबार पोखरा महानगरपालिका कार्यालयमा छापा मारेको छ । कानुनविपरीत मणिपाल शिक्षण अस्पताललाई राजस्व छुट दिइएको उजुरीपछि अख्तियारले महानगरमा छापा मारेको हो । आख्तियार पोखराका प्रवक्ता उपसचिव जगदीशचन्द्र सिवाकोटीले महानगरबाट मणिपालसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको जानकारी दिए । “यसबारे हामीकहाँ उजूरी पनि परेको छ र मिडियामा पनि आएको कुरा हो,” उनले भने । मणिपाललाई करिब २० करोड कर छुट दिएर घरनक्सा सम्पन्न प्रमाणपत्र दिइएको थियो ।… पुरा पढौ

कांग्रेस एमाले एक ठाउँमा, चाँडै नयाँ सरकार बनाउने कसरत

दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच आगामी सत्ता सहयात्राबारे सोमबार मध्यराति हस्ताक्षर भएको छ । ललितपुरस्थित होटल भिभान्तामा दुवै दलका दोस्रो तहका नेताहरूले तयार पारेको सहमतिको मस्यौदालाई अन्तिम रुप दिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्माले हस्ताक्षर गरेका हुन् । दोस्रो तहका नेताले सहमतिलाई अन्तिम रुप दिइसकेपछि ओली बालकोटबाट शीतल निवास पुगेका थिए । बिरामी रहेका भनिएका कांग्रेस सभापति देउवा पनि मध्यराति शीतल… पुरा पढौ

महतगौंडामा विद्यार्थीसँग असार १५ को तयारी

पोखरा महानगरपालिका वडा नम्बर १७ को महतगौंडामा असार १५ को अवसरमा विद्यार्थीसँग विशेष कार्यक्रम हुने भएको छ । सिद्देश्वर बहुउद्देश्यीय कृषि सहकारीले धान दिवसको अवसरमा पारी विभिन्न कार्यक्रम गर्न लागेको हो । नयाँ पुस्तालाई रोपाइँ, असारे गीत, धान दिवस आदिको महत्व बुझाउन कार्यक्रम गर्न लागिएको सहकारीका अध्यक्ष शंकरराज भण्डारी बताउँछन् । सो अवसरमा रोपाइँसँगै चित्रकला प्रदर्शनी, असारे गीत प्रस्तुति, विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रमसमेत हुने छन् । सहकारीका सचिव पवन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं