मस्र्याङ्दीबाट निकालियो भारतीय बस

भदौ ७ गते तनहुँ, आबुखैरेनी गाउंपालिका ४ स्थित ऐनापहराबाट मर्स्याङ्गदी नदीमा खसेको भारतिय यात्रुवाहक बस लाई शनिबार क्रेनको सहायताले नदिबाट १० मिटर बाहिर ल्याइएको छ ।

शनिबार सशस्त्र प्रहरी बल नेपाल नं। २३ मनकामना गण भानु तनहुँ र बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरिक्षकको कमान्डमा गएको ५२ जनाको सुरक्षा फौजले बसलाइ पानी बाहिर निकालेको हो । बस निकाल्नको लागि दमौलीबाट प्राईभेट क्रेन प्रयोग गरिएको थियो ।

पानीबाट बाहिर निकाले पनि अप्ठ्यारो जमिनका कारण सडक सम्म निकाल्न सकिएको छैन । भोलि आइतबार पनि बस निकाल्ने कार्य जारी रहनेछ ।हिजो पोखरा बाट काठमाडौं आउंदै गरेको भारतिय यात्रुबाहक बस दुर्घटना हुंदा २७ जनाको मृत्यु र १६ जना घाइते भएका थिए । आज भारतिय एयर फोर्सको जहाजले चितवन बाट शब लिएर स्वदेश फर्किएको छ । घाइतेहरुको त्रिभुवन बिश्वबिध्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।