बालिकालाई विदेशीसँग विहे गराएर बन्धक बनाउने ३ पक्राउ

बालिकालाई आर्थिक प्रलोभन देखाएर बन्धक बनाउने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

१४ वर्षीया बलिकाका अभिभावकलाई जानकारी नदिई भविष्य उज्ज्वल हुन्छ भनी चिनियाँ नागरिकसँग विवाह गराएर बन्धक बनाएको अभियोगमा प्रहरीले तीन जनालाई मङ्गलबार पक्राउ गरेको हो ।

प्रहरीले लमजुङ घर भई पोखरा महानगरपालिका वडा नम्बर १६ बस्ने २२ वर्षीया सरु विक, पोखरा–२२ बस्ने ३४ वर्षीया भगवती अधिकारी र ३१ वर्षीय चिनियाँ नागरिक जि मिङ चेनलाई पक्राउ गरेको हो । विक र अधिकारीले चेनसँग आर्थिक लाभ लिई ती बालिकासँग विवाह गराइदिएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले विभिन्न प्रलोभन दिई चाइनिज नागरिकबाट पैसा लिएर साउन १३ गते विवाह गराएको शर्माले बताए ।

विहेपश्चात ती बालिकालाई पोखरा–६, लेकसाइडको स्ट्रिट नम्बर ५ मा रहेको होटल मिराकलमा बन्दी बनाइएको थियो । बालिका होटलबाट भागेर अभिभावकको सम्पर्कमा आएपछि पीडितकी आमाले मङ्गलबार मानव वेचविखन तथा ओसारपसार कसूरमा जाहेरी दिएकी थिइन् ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।