ऐनापहरामा भारतीय बस खस्यो, उद्धार जारी

भारतीय पर्यटक सवार भारतीय बस शुक्रबार बिहान साढे ११ तिर मस्र्याङ्दी नदीमा खसेको छ ।

युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस पोखराबाट काठमाडौं जाँदै गर्दा पृथ्वी राजमार्गबाट करिब डेढ सय मिटर तल नदीमा खसेको हो । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ मा पर्ने ऐनापहराबाट बस खसेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

घटनास्थलमा प्रहरी पुगिसकेको छ भने सशस्त्र प्रहरीको उद्धार टोली जाँदै छ । बसमा ४० जनाभन्दा बढी यात्रु रहेको उद्धारमा खटिएका प्रहरीहरुको अनुमान छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।