चाँदबाग स्कुल ७ दिनभित्र खाली गर्न अल्टिमेटम

काठमाडौं महानगरपालिका वडा नम्बर ३ बाँसवारीस्थित चौधरी ग्रुपद्वारा सञ्चालित चाँदबाग स्कुल ७ दिनभित्र खाली काठमाडौं महानगरपालिकाले अल्टिमेटम दिएको छ ।

पहिले बाँसबारी छाला जुत्ता कारखाना उद्योग रहेको उक्त १० रोपनी सरकारी जग्गा आफ्नो नाममा ल्याएर चौधरी ग्रुपले चाँदबाग स्कुल चलाएको थियो । उक्त जग्गा अहिले सरकारीकरण भइसकेको छ ।

यो जग्गा मालपोत कार्यालय डिल्लीबजारले सरकारका नाममा कायम गरिसकेको छ । सोमबार महानगरको नगर प्रहरी बल स्कुलको जग्गा खाली गराउनका लागि पुगेको थियो । दुई दिनभित्र खाली गराउन भनेर पुगे पनि समय थप गरिएपछि त्यहाँबाट फर्किएको महानगर प्रहरी बलका नगर उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए ।

सात दिनभित्र खाली नगरे ताला लगाइने महानगरले जनाएको छ ।