पोखरा आउँदै गरेको बसमा ढुङ्गा खस्यो, ११ घाइते

चितवन

शुक्रबार दिउँसो चितवनको मुग्लिन नारायणगढ सडक खण्डको सत्रकिलोमा पहाडबाट खसेको ढुङ्गा गुडिरहेको बसमा लाग्दा ११ यात्रु घाइते भएका छन् ।

दिउँसो पौने २ बजे दुर्घटना भएको र घाइतेहरुको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग२ख ४७ नम्बरको बसमा भरतपुर महानगरपालिका वडा नंं २९ सत्रकिलोमा ढुङ्गा लागेको थियो ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।