जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी÷कार्यकारिणी समिति र केन्द्रीय सदस्यहरूको टुङ्गो लगाएको छ । महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा नियुक्त भएका छन् ।
हालै सम्पन्न एकताको राष्ट्रिय महाधिवेशनले पार्टीको विधानबमोजिम कार्यविभाजन गरिएको जसपा नेपालले विज्ञप्तिमार्फत जनाएको छ । राउत मधेश प्रदेशका पूर्वमुख्यमन्त्री हुन् भने शर्मा माओवादी परित्याग गरी जसपा प्रवेश गरेका हुन् ।
कार्यविभाजनअनुसार रकम चेम्जोङ सहअध्यक्ष छन् भने राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापामगर, विद्युत बज्राचार्य उपाध्यक्ष छन् ।
प्रकाश अधिकारी उपमहासचिव बन्दा मनिषकुमार सुमन पार्टीक प्रवक्ता, दीपक कार्की र रेखा यादव पनि उपमहासचिव छानिएका छन् ।
जसपा नेपालको सचिवमा लीला सिटौला, शैलेन्द्र साह, सुनी लामा राजकुमार राई, सुरेश मण्डल, लाक्पा शेर्पा, कमरूद्धिन राई तथा कोषाध्यक्षमा सुरिताकुमारी साह छन् ।




