मुख्य समाचार

बागलुङ पहिरोः ७ को मृत्यु, ४ बेपत्ता, ११ घाइते

सङ्केतिक तस्बिर बागलुङमा मंगलबार आएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता छन् । यस्तै ११ जना घाइते छन् । मंगलबार सवा ११ बजे जिल्ला बागलुङ बडिगाड गाउँपालिका(१० आरुपाट स्थित चोक बहादुर बुढाको कच्ची घर र गोठ माथिबाट पहिरो आई बगाउँदा ५ जनाको मृत्यु भएको हो । यस्तै साढे १ बजेतिर वडिगाड गाँउपालिका(९ दर्लिङ काभ्राखर्क स्थतिमा सोहि स्थान बस्ने बर्ष २४ को गंगा बस्नेतलाई घर नजिकै… पुरा पढौ

आफ्नै पसलमा आगो लगाएर बिमा ठगी गर्न खोज्ने पक्राउ

बिमा ठगी गर्न आफ्नै पसलमा आगो लगाउने र त्यसमा सहयोग गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी पोखरा ६ लेकसाइड नारेश्वरस्थित आफ्नै सपिङ सेन्टरमा आगो लगाउने पोखरा १७ निवासी २६ वर्षीय सुजन गहतराज र उनका साथी ४३ वर्षीय पवन नेपाललाई शनिबार पक्राउ गरेको थियो । गहतराजको मुक्तिनाथ सपिङ सेन्टरमा साउन १६ गते राति सवा २ बजे आगलागी भएको थियो । उनीहरुले पहिला… पुरा पढौ

चितुवाको आक्रमणबाट १४ बालबालिकाको मृत्यु

दमौली पछिल्लो ६ वर्षको अवधिमा तनहुँमा चितुवाको आक्रमणबाट १४ जना बालबालिकाको मृत्यु भएको छ । गत साउन ३ गते राति बन्दीपुर गाउँपालिका–५ फलामडाँडामा चितुवाको आक्रमणबाट १३ वर्षीय बालकको मृत्यु भएसँगै चितुवाको आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको हो । घर नजिकै बसेका बेला राति चितुवाको आक्रमणबाट १३ वर्षीय सुन्दर अछामीको मृत्यु भएको थियो । चितुवाको आक्रमणबाट घाइते उनलाई बन्दीपुर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र… पुरा पढौ

कास्कीबाट डुलुवा लागे कन्याकुमारीतिर

बेला बेलामा देश, विदेशका पर्यटकीय स्थलको लामो भ्रमण गर्दै आएको डुलुवा टोली बिहीबार बिहान कास्कीबाट कन्याकुमारी प्रस्थान गरेको छ । ‘के टु के’ को ब्यानरमा टोली रक्सौल हुँदै भारतको दक्षिणी सीमामा पर्ने तमिलनाडु राज्यको समुन्द्री तटको सहर कन्याकुमारीसम्म पुगेर फर्किनेछ । पोखरा महानगरका प्रमुख धनराज आचार्य र भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख पिएस बेगलले डुलुवाका संयोजक योगेश भट्टराईलाई नेपाल र भारतको झन्डा हस्तान्तरण गरी बिदाइ गरे । १९ सदस्यीय टोली… पुरा पढौ

मानव बेचबिखन कम गर्न सचेतना

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिले सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामसँगको सहकार्यमा मानव बेचबिखन कम गर्न सचेतना कार्यक्रम गरेको छ । पोखरा–५, मालेपाटनमा रहेको वाराहि माविमा कक्षा १२ का ६० विद्यार्थीलाई मंगलबार प्रशिक्षण दिइएको छ । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवसको अवसरमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्की सामुदायिक शाखा इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक होतबहादुर रोकाहाले मानव बेचबिखनसम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारी,… पुरा पढौ

ओरालो घुम्तीमा खस्यो स्कुल बस, आमाछोराको मृत्यु, २८ घाइते

पोखरा २१ मा सोमबार बिहान ९ बजे भएको स्कुल बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना हुँदा सोही स्कुलकी कर्मचारी ३३ वर्षीया आरती विकको गण्डकी मेडिकल कलेज पु¥याउनेबित्तिकै पौने १० बजे मृत्यु भएको थियो । आरतीका छोरा पाँच वर्षीय प्रिन्सको पनि उपचारका क्रममा पौने ११ बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । दुर्घटनामा श्रीमती र कान्छो छोरा गुमाएका पोखरा–२१, रामदीका दीपक… पुरा पढौ

पोखरामा स्कुल बस दुर्घटना, १ को मृत्यु

पोखरामा सोमबार बिहान स्कुल बस दुर्घटना हुँदा २९ विद्यार्थी घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२१ फुर्सेखोलाको घुम्तीमा रामदीबाट बिरौटा फर्कने क्रममा एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना भएको हो । ग१क ६३१९ नम्बरको बस सडकबाट झन्डै ६० मिटर तल खसेको छ । बसमा चालक, सहचालक र २२ विद्यार्थीसहित २४ जना सवार थिए । घाइतेहरुलाई उद्धार गरेर गण्डकी मेडिकल कलेज, गण्डकी अस्पताल र मणिपाल… पुरा पढौ

यातायात व्यवसायीको आन्दोलनमा पत्रकार कुटिए, ४ पक्राउ

यातायात व्यवसायीले पोखरामा गरेको आन्दोलनमा दुई पत्रकारमाथि हातपात भएको छ । पत्रकार भएको परिचय दिँदादिँदै उनीहरुले पृथ्वीचोकमा पत्रकार सुरज थापा र बिनु थापालाई कुटपिट गरेका हुन् । कास्की प्रहरीले कुटपिटमा संलग्न भएको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । सूर्यबहादुर नेपाली, बुद्धिबहादुर बयलकोटी, प्रशन गुरुङ र सन्तोष बस्नेत पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले कुटपिट गरेको अभियोगमा चार जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको… पुरा पढौ

तालचोक–बेगनास सडक ढिलाइले सास्ती

पोखरा महानगरमा लेकसाइडपछि पर्यटकको रोजाइमा पर्छ बेगनासताल । बेगनाससहित साबिक लेखनाथको पर्यटन र जनजीवन अहिले बाटोका कारण प्रभावित बनेको छ । पोखरा–२७ तालचोकदेखि पोखरा–३१ बेगनासताल पुग्ने सडक निर्माण कछुवा गतिमा हुँदा स्थानीय र पर्यटक दुवै सास्ती भोग्न वाध्य छन् । गएको असार २० गते सडक निर्माण सक्नुपर्नेमा अहिलेसम्म २१ प्रतिशतमात्र काम भएको छ । बेगनास र रुपा गाउँपालिकासहित लमजुङ जानेहरु हिलो, धुलो सहँदै वैकल्पिक बाटो खोज्न बाध्य छन् । लेखनाथ… पुरा पढौ

नेकपा कास्कीले थाल्यो उत्पादन

नेत्रविक्रम चन्द (विप्लव सी) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्कीले जिल्लामा उत्पादन थालेको छ । पार्टीले पोखरा २६ र पोखरा १४ मा सामूहिक कृषि सुरुआत गरेको हो । यसपालि सामूहिक उत्पादन सुरु गरिएको जनाउँदै नेकपा कास्की सेक्रेटरी उमेश सीले अर्को वर्षबाट कार्यक्रमलाई थप प्रभावकारी बनाइने जनाए । ‘यसपालिका उत्पादन सुरुआत गरेका छौं,’ उनी भन्छन्, ‘अर्को वर्षबाट सबैजसो जनवर्गीय सङ्गठनलाई उत्पादनमा जोड्ने योजना छ ।’ एकीकृत जनक्रान्तिको अभिभारा पूरा गर्न पार्टी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं