पर्यटन राजधानीमा लायन्सको एलएलसी, ८३ क्लब अध्यक्ष दीक्षित

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा लायन्स नेतृत्व शिविर लायन्स लिडरसिप क्याम्प (एलएलसी) पर्यटकीय राजधानी पोखरामा आयोजना गरिएको छ ।

भदौ ७ गतेदेखि सुरु भएको एलएलसी आइतबार सकिएको हो । ३ दिनसम्म सञ्चालन भएको एलएलसी समापन गर्दै डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले लायन्सको नेतृत्वलाई मजबुत बनाउन यस कार्यक्रमले टेवा पुग्ने विश्वास सुनाए ।
उनले लायन्स क्लबलाई सुदृढ र बलियो बनाउन क्षमतावान नेतृत्व आवश्यक पर्ने भएकाले क्लबका नेतृत्वको क्षमता अभिवृद्धिका लागि कार्यक्रम फलदायी साबित भएको उल्लेख गरे ।

निवर्तमान डिस्ट्रिक्ट गभर्नर भीमलाल पौड्यालले एलएलसीले लायन्सको नेतृत्वमा महत्वपूर्ण परिवर्तन ल्याउने भन्दै आफूले गरेका प्रतिबद्धता पूरा गर्नतर्फ लाग्न क्लबका अध्यक्षहरूलाई सुझाव दिए । डिष्ट्रिक्ट ३२५ आई, नेपालका निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले लायन्सको महत्वलाई स्थापित गर्न एलएलसीको महत्वपूर्ण भूमिका रहेको विचार राखे ।

डिष्ट्रिक्ट ३२५ एमका फष्ट भाइस डिस्ट्रिक्ट गभर्नर धनीराम बराल, सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर रत्नप्रसाद पराजुली, डिष्ट्रिक्ट चिफ एड्भाइजर किशोर बराल र कार्यक्रम संयोजक डोलराज पोखरेलले लायन्स नेतृत्व शिविरमा सिकेका कुरालाई व्यवहारमा उतार्न र आफ्ना प्रतिबद्धता पूरा गर्न गम्भीरतापूर्वक लाग्न आग्रह सहभागीलाई आग्रह गरे ।

प्रशिक्षार्थीको तर्फबाट हेमबहादुर क्षेत्री, अञ्जिता बाँस्तोला, रामराज पराजुली र थमनसिंह गुरुङले कार्यक्रम निकै उपलब्धिपूर्ण बनेको अनुभव सुनाए । कार्यक्रममा ८३ क्लबका अध्यक्ष एलएलसी २०२४\०२५ बाट दीक्षित भएका छन् ।

त्यस अवसरमा एलएलसी आइडल २०२४\०२५ बनेका नेत्र तिमिल्सिना र रञ्जिता खड्का, नृत्यतर्फ उत्कृष्ट थमनसिंह गुरुङ र उमा चिमोरिया, भाषणकलातर्फ उत्कृष्ट ईश्वर अधिकारी, रञ्जिता खड्का, जगत पौडेल, नेत्र तिमिल्सिना र सञ्जीव श्रेष्ठलाई पुरस्कृत गरिएको थियो ।

मोष्ट एक्टिभ पर्सनालिटीतर्फ ढाकाराम खराल र रोजिना गुरुङ पुरस्कृत बने । समूहगत विधामा प्रथम हुन सफल माछापुच्छ«े समूह, द्वितीय हुन सफल अन्नपूर्ण समूह र तृतीय हुन सफल फेवा समूह र बेगनास समूहलाई समेत पुरस्कृत गरिएको थियो ।

शिविरमा विभिन्न क्षेत्रका ख्याति प्राप्त प्रशिक्षकहरूले सहजीकरण गरेका थिए । डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लायन शिवराज आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।