रास्वपा साधारण सदस्यसमेत नरहने गरी निष्कासित भए मुकुल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ।

मंगलबार बिहान बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीका संस्थापक महामन्त्री ढकाललाई निष्कासन गरेको हो।

पार्टीको मर्यादाविपरीत गएको भनी दुई पटकसम्म स्पष्टीकरण सोधेको रास्वपाले मुकुललाई यसअघि महामन्त्री एवम् प्रवक्ताको जिम्मेवारीबाट हटाएको थियो। यस यसपटक भने पार्टीबाटै हटाउने निर्णय गरेको हो।

यता ढकालले आफू रवि लामिछानेको क्लबबाट भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘रवि लामिछानेको क्लबबाट निष्कासित भएको हुँ, पार्टीबाट निष्कासित गर्ने अधिकार छैन ।’

आफूमाथिको कारबाही वैधानिक नरहेको उल्लेख गर्दै ढकालले निर्वाचन आयोगमा निवेदन दिइसकेका छन्।