सहकारी ठगी आरोपमा पूर्वडिआइजी पक्राउ, रविलाई के होला ?

सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । उनी काठमाडौंबाट पक्राउ परेका हुन् ।

गृहमन्त्री रमेश लेखकले आइतबारमात्रै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका थिए । लगत्तै जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका जोशीलाई आजै पोखरा ल्याउने तयारी छ । उनी गोर्खा मिडियाका पूर्वसञ्चालकमध्ये एक हुन् ।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएको थियो ।

छानबिन प्रतिवेदन अनुसार, जीवी राई र छविलाल जोशीको आधा(आधा लगानीमा गोर्खा मिडिया नेटवर्क खोलेका थिए । त्यसभन्दा अघि नै उनीहरुले नेटवर्किङ व्यवसायमा साझेदारी गरेका थिए । पछि उनले बयानका खुलाए अनुसार, आफ्नो १५ प्रतिशत शेयर घटाएर त्यो हिस्सा रवि लामिछानेलाई दिएका थिए ।

प्रतिवेदन अनुसार, छविले बुटबलको सुप्रिम सहकारीबाट २ करोड ५० लाख रुपैंया ऋण लिएर गोर्खा मिडियामा लगानी गरेका थिए । बीरगञ्जको सानो पाइला सहकारीबाट उनले एक करोड ८६ लाख रुपैंया ऋण लिएका थिए ।

सहकारी छानबिन समितिले जीवी राईसहित कुमार रम्तेल, रवि लामिछाने र छविलाल जोशीलाई प्रचलित कानून अनुसार कारवाही गर्न सिफारिस गरेको थियो । सूर्यदर्शनको पूरक जाहेर तयार गरेको कास्की प्रहरीले अब रविविरुद्ध कस्तो एक्सन लेला भन्ने सर्वत्र जिज्ञाशा छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।