एनएमएको साधारणसभामा निर्मला र जिनेश सम्मानित

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपाने काठमाडौंमा सम्मानित भएकी छन् । संग्रहालयको सञ्चालक संस्था नेपाल पर्वतारोहण संघ (एनएमए)को ३४ औं वार्षिक साधारणसभामा न्यौपाने २०८१ को सर्वाेत्कृष्ट कर्मचारीका रुपमा सम्मानित बनेकी हुन् ।

न्यौपानेसँगै संघका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकारसमेत सर्वाेत्कृष्ट कर्मचारीका रुपमा सम्मानित बने । उनीहरु दुवैलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री बद्रिप्रसाद पाण्डे र संघ अध्यक्ष निमा नुरु शर्पाले नगद १० हजार र सम्मानपत्रसहित सम्मान गरेका हुन् ।

न्यौपानेलाई उत्कृष्ट कार्यसम्पादन र संस्थाप्रति समर्पण भावले काम गरेकोमा सम्मान गरिएको हो । उनी ३ वर्षदेखि संग्रहालयको कार्यकारी निर्देशक छिन् । उनी निर्देशकको रुपमा आएपछि संग्रहालयले प्रचारप्रचार र पूर्वाधार निर्माणमा पनि फड्को फड्को मारेको छ ।

संघको सभाले आर्थिक वर्ष ०८१÷०८२ को नीति, कार्यक्रम र बजेट पारित गरेको छ । संघले बढी राजस्व बुझाउने १० ट्रेकिङ एजेन्सीलाई समेत सम्मान गरेको छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।