वडा कार्यालयमा नगद २ लाखसहितको झोला फेला

आइतबार पोखरा महानगरपालिका वडा नं। १३ भद्रकाली स्थित वडा कार्यालयको भवनमा दुई लाख नगदसहितको झोला फेला परेको छ ।

वडा सचिव अन्जु गुरुङको कार्यालयको सोफामा खैरो रंग झोला अपरिचित व्याक्तिले छाडी गएकोमा सूचना प्राप्त हुन साथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलिले खोली हेर्दा क्यामेरा, नगद लगायत फेला परेका थिए ।

वडा प्रहरी कार्यालय रामबजारमा ल्याई राखिएको उक्त सामानका धनीलाई आफ्नो भएको प्रमाणसहित वडा प्रहरी कार्यालय रामबजारमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।