मुख्य समाचार

पोखरा महानगरले किन्यो ब्रुमर, सडकको धूलो मेसिनबाट सफा गरिने

पोखरा महानगरपालिकाले नगर क्षेत्रको सडक अव ब्रुमरले सफा गर्ने छ । सो का लागि महानगरपालिकामा सफा गर्ने स्वीपर मेसिन (ब्रुमर) ल्याएको छ । मेसिनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले एक साथ शुभारम्भ गर्नुभयो । नगर प्रमुख आचार्यका अनुसार ब्रुमरको सहायताले महानगर क्षेत्रको सडक सरसफाइको काम गरिनेछ । महानगरका मुख्य सडकहरूमा सवारीको चाप बढेसँग सडक छेउमा धुलो जम्मा हुने र वातावरण नै प्रदूषण हुने अवस्था आएपछि सडकको… पुरा पढौ

दसैँमा यस्तो रहनेछ मौसम

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज यसपालिको दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ । बुलेटिनमा कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । उक्त बुलेटिनअनुसार यस वर्ष दसैँको सप्तमी (२४ गते), अष्टमी/नवमी (२५ गते) र दशमी (२६ गते) का दिनमा कोशी प्रदेश र मधेस प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाइएको छ । विभागले कोशी… पुरा पढौ

लेकसाइडको द वल्ड लान रेष्टुरेन्टलाई २ लाख जरिवाना

पोखरा ६ लेकसाइडस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एन्ड बारलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले अधिकतम खुद्रा मूल्यभन्दा चौबर बढी मूल्य लिएको पाइएपछि द बल्ड लानलाई जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड ख बमोजिम जरिवाना गरिएको प्रशासनले जनाएको छ । यो कसूर गरे… पुरा पढौ

प्रशासनलाई नै ठग्यो मारवाडीले, २ लाख जरिवाना

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिका वडा नम्बर ४ चिप्लेढुङ्गामा रहेको मारवाडी सेवा भोजनालयलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजनामा शिक्षा विकास तथा समन्वय इकाइ पोखरामा भएको लागुऔषधसम्बन्धी अन्तरक्रियाको खाजा अर्डर गरिएभन्दा कम मात्रामा पाइएपछि प्रशासनले कारवाही गरेको हो । प्रशासनले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ को उपदफा १ (ख) बमोजिमको कसूरमा मारवाडी भोजनालयलाई जरिवाना गरेको हो । यो कसूर गरे… पुरा पढौ

पोखरा ८ को गिरी डहरमा चल्यो डोजर

पोखरा ८ गिरी डहरमा अतिक्रमित सडक खोलिएको छ । आइतबार पोखरा महानगरपालिकाले नक्सामा रहेको बाटोमा लामो समयदेखि अतिक्रमण गरी निर्माण गरिएको करिब २ सय मिटर क्षेत्रक संरचना हटाएको हो । गिरी डहरमा २०३२ सालको नापी नक्सामा समेत छुट्टिएको बाटो व्यक्तिले अतिक्रमण गरी आवतजावत अवरोध गर्नुका साथै घरको कम्पाउन्ड निर्माण गरेका थिए । जसका कारण बाटो अतिक्रमणमा परेको थियो भने बाटोको भागमा पर्खाल निर्माण गरिएको थियो । नक्सामा बाटो रहेको, सहज… पुरा पढौ

गण्डकी टेक्निकल इन्स्टिच्युटमा यही वर्षबाट ब्युटी एन्ड कस्मेटोलोजी पढाइने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभीटी )ले नेपालमा नै पहिलो पटक सञ्चालन गर्न लागेको ३ बर्षे डिप्लोमा तहको कार्यक्रम व्युटि एण्ड कस्मेटोलोजी पोखराको गण्डकी टेक्निकल ईन्स्टिच्युट जीटीआईमा यहि वर्षबाट सुरु हुने भएको छ । जिटिआईले शनिवार पोखरामा सिटिईभीटिका अध्यक्ष, पोखराका वरिष्ठ सौन्दर्यविद, सौन्दर्यकर्मी तथा सञ्चारकर्मीहरुसँग व्युटि एण्ड कस्मेटोलोजी कार्यक्रमका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरेको कार्यक्रममा यस्तो जानकारी गराएको हो । जीटीआई पोखराको आयोजना तथा गुरुङ ब्युटी पार्लर एण्ड… पुरा पढौ

अन्तर्राष्ट्रिय बलुन फेस्टिवलको गुडविल एम्बेस्डरमा राजेश र प्रियंका

अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डमा महानायक राजेश हमाल र नायिका प्रियंका कार्की अनुबन्धित भएका छन्। नेपालमै पहिलोपटक आयोजना हुन लागिरहेको यस फेस्टिवलको गुडविल एम्बेस्डरमा उनीहरुलाई शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा घोषणा गरिएको हो। कार्यक्रममा महानायक हमालले आफूले २५ वर्ष पहिले काठमाडौँमा बलुनमा उडेर चलचित्रको सुटिङ गरेको अनुभव सुनाए । साथै अब नयाँ चलचित्रमा बलुन नेपालको टिमसँग सहकार्य हुने सम्भावना रहेको उनले बताए । नेपालमा ट्रेकिङदेखि अन्य विभिन्न पर्यटनका साथै पछिल्लो… पुरा पढौ

पर्यटन मन्त्री-आन्दोलनरत क्याभिन क्रुबीचकाे वार्ता सकारात्मक

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुने गरि कुनै पनि गतिविधि नगर्न आग्रह गर्नु भएकाे छ। विमान परिचालकहरुको आन्दोलन पछि उडान रद्द हुँदा दुबई र हङकङका दुई वटा उडान रद्ध भएका थिए ।४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलन गरिरहेका क्याबिन क्रु (विमान परिचारक /परिचारिका ) हड्तालमा उत्रिएपपछि मन्त्री पाण्डेले आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सका प्रतिनिधिहरुलाई मन्त्रालयमा बोलाएर छलफल गर्नु भएको… पुरा पढौ

चाउथेमा तामाङ घेदुङ कास्कीको बहुउद्देश्यीय भवन बन्दै

नेपाल तामाङ घेदुङ कास्कीले पोखरा १४ चाउथेमा बहुउद्देश्यीय भवन बनाउने भएको छ । प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङ, घेदुङ संघीय उपाध्यक्ष दीपक वाईबा तामाङ र घेदुङ जिल्ला अध्यक्ष भक्त तामाङले संयुक्त रुपमा भवन शिलान्यास गरेका छन् । कार्यक्रममा गुरुङले बहुउद्देश्यीय भवनको जग हालिए पनि विनियोजित बजेट भवन सम्पन्न गर्नका लागि पर्यप्त नहुँदा विभिन्न निकायमा पहल गर्न आग्रह गरे । आदिवासी समुदायले हिजोदेखि आज सम्म पनि देश बिदेशमा हुने आफन्तसँग आर्थिक… पुरा पढौ

स्वास्थ्य मन्त्रालय परिसरमै डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान !

डेङ्गी सङ्क्रमणविरुद्ध उक्त रोग सार्ने लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफ्नै मन्त्रालय परिसरको सरसफाइमा भने बेवास्ता गरेको पाइएको छ । मन्त्रालयको वरिपरि यत्रतत्र रूपमा रहेका पुराना टायर, चर्के–फुटेका भाँडावर्तन, खाली बोतल, कवाडी सामग्री, भान्छाको फोहर आदि नहटाउँदा मन्त्रालयमै डेङ्गी सङ्क्रमणको जोखिम बढेको हो । मङ्गलबार अपरान्हपख मन्त्रालय परिसरमा पुग्दा पार्किस्थलको छेउमा रहेका साना टहराको चेपमा रहेका पुराना टायरमा सफा पानी जमेको देखिन्थ्यो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं