मुख्य समाचार

दुर्गा प्रसाईविरुद्ध साइबर अपराध मुद्दा दर्ता

दुर्गा प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुई साइबर अपराधको मुद्दा दायर भएका छन् । साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय जिल्ला अदालत काठमाडौमा दुईवटा मुद्दा दायर भएको हो । सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको छ भने सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता गरिएको छ । गत ६ असोजमा भक्तपुरबाट पक्राउ परेका प्रसाई हिरासतमा परेपछि बिरामी भएको… पुरा पढौ

मेयर देवकुमारः २ पटक चुनिए, २ अर्ब ठगे, पक्राउपछि बागलुङ लगियो

बागलुङ र कास्कीको पोखरा महानगरमा एउटै नामबाट दुई सहकारी खोली करिब दुई अर्ब हिनामिनामा मुद्दा चलेपछि फरार बनेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई आइतबार बागलुङ लगिएको छ । सोही अभियोगमा उहाँसँगै पक्राउ परेका ५८ वर्षीय ओमप्रसाद दर्जीलाई पनि सँगै बागलुङ लगिएको छ । उनीहरु दुवै बुर्तीबाङका बासिन्दा हुन् । डेढ वर्षदेखि फरार नेपालीलाई इन्टरपोलको समन्वयमा पक्राउ गरी शुक्रबार काठमाडौं ल्याइएको थियो । आइतबार नेपालीलाई विमानमार्फत् साँझ पोखरा ल्याइएको थियो… पुरा पढौ

बाढी पहिरोबाट देशभर ९९ जनाको मृत्यु, ७२ बेपत्ता

भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ । विपद्मा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन् ।  गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ ।   शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली… पुरा पढौ

हालसम्म बाढी-पहिरोमा ८७ को मृत्यु, ७२ बेपत्ता

भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट शनिबार बेलुका ८ः३० बजेसम्म मृत्यु हुनेको संख्या ८७ पुगेको छ। त्यस्तै ७२ जना बेपत्ता छन्। सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले ८७ जनाको मृत्यु भएको पुष्टि गरे। बाढी-पहिरोमा परेर ३६ जना घाइते भएका छन्। न्यौपानेका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ। काठमाडौंमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको हो। यस्तै कोशी प्रदेशमा १०… पुरा पढौ

जसले नेपालका हिमालका फोटो १८१ पटक रुसमा प्रदर्शन गरे

चौरासी वर्षको हुँदा हिन्दू समाजमा भव्य रुपमा चौरासी पूजा गर्ने गरिन्छ । यो उमेर नातिनातिना हेर्दै घरमा आराम गर्ने हो । नेपालबाट चार हजार किमी टाढा रहेको रुसको सामराका बासिन्दा युरी रोडिचेभमा भने यो लागू हुँदैन । ८४ वर्षीय रोडिचेभ अहिले पोखरामा हुनुहुन्छ । श्रीमतीका साथ नेपाल आउनुभएका उहाँको पुस्तक ‘द हिमालयज’ शनिबार पोखरामा सार्वजनिक हुँदै छ । नेपालका हिमाल हेर्न र चाहे जस्ता तस्बिर खिच्न उहाँ अहिलेसम्म ३२ पटक… पुरा पढौ

बाढीपहिराेले देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता

दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँमा मात्रै ३२ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरीका सहप्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका तथा ४० जना सम्पर्कविहीन भएका छन् । उहाँले देशभरिमा ४४ स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएको पनि जानकारी दिनुभयो ।  प्रहरीले सबै निकायको समन्वयमा उद्धार… पुरा पढौ

माथिल्लो मनाङमा हिमपात

देशभरि मनसुन सक्रिय भएसँगै हिमाली जिल्ला मनाङमा हिमपात भएको छ । माथिल्लो मनाङका टङ्की, खाङ्सार, तिलिचो बेसक्याम्प, थोराङ्ला भञ्ज्याङ, नार, फुलगायत क्षेत्रमा हिमपात भएको हो । हिमपातले माथिल्लो मनाङमा पर्यटक तथा स्थानीयको जनजीवन प्रभावित बनेका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए । उनका अनुसार ङिस्याङ गाउँपालिकाको हुम्डेबाट माथिल्लो क्षेत्र र नार्पाभूमि गाउँपालिकामा हिमपात भएको छ । हिमपात भएपछि पदयात्री, पर्यटक, स्थानीयलाई सडक तथा सवारीसाधनको अवस्था विश्लेषण गरेर मात्र यात्रा… पुरा पढौ

त्रिशूली नदीले ३ टिपर र २ एक्साभेटर बगायो

त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिपर बगाएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण नदीमा आएको भीषण बाढीले शुक्रबार राति करिब १०ः१० बजे आयोजनाको तीनवटा टिपर र दुईवटा एक्साभेटर बगाएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह–प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । बाढीले नदीको बीच भागमा रहेको मेसिन तथा टिपर बगाएको… पुरा पढौ

धादिङमा पहिरोमा २ बेपत्ता

syombolic pix वर्षासँग आएको पहिरोले पुरिएर शुक्रबार धादिङमा दुई जना चेपाङ र खोलाले बगाएर एक जना बालिका बेपत्ता भएका छन् । भल आएको नदीमा माछा मार्न हिँडेका बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्तु चेपाङ पहिरोमा परेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए । नदीमा माछा मार्न जान लागेका उनीहरु पानी परेपछि गजुरी गाउँपालिका… पुरा पढौ

गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुुलुकका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ । देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छभने आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं