मुख्य समाचार

रवि लामिछाने पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होबिन्द्र बोगटीको नेतृत्वको टोलीले उनलाई बनस्थलीबाट पक्राउ गरेको हो । लामिछानेले पौने ८ बजे पक्राउ पुर्जी बझेर कागजमा हस्ताक्षर गरेका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार अनुमति दिएको हो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई गाडीबाट पोखरा ल्याइँदै छ । पक्राउको अनुमति… पुरा पढौ

रविले भने: सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो !!

तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ??तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने?तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने । तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने?तिमी र तिम्रा नेता मिलेर सहकारी बाट… पुरा पढौ

रवि पक्राउ पर्ने चर्चाले तरंग

पोखरा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ पर्ने चर्चाले देशभर तरंग आएको छ । त्यसैलाई लक्षित गर्दै शुक्रबार विपक्षी दलहरुको बैठकसमेत भएको छ । सरकारले लामिछानेलाई पक्राउ गरे प्रतिवाद गर्ने विपक्षी दलहरुले बताएका छन् । बिहीबार भएको टिआरसीबारेको बैठकका प्रधानमन्त्री केपी शर्मा ओलीले लामिछाने पक्राउ पर्न सक्ने संकेत गरेका थिए । लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी लिन… पुरा पढौ

बागलुङमा शकुन सम्मानित

साहित्यकार एवं गायिका शकुन ज्ञवालीलाई बुधबार बागलुङमा सम्मान गरिएको छ । सप्तरंगी साहित्य समाज नेपाल गण्डकी प्रदेशले ज्ञवाली नेपाली साहित्य र संगीत क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मान गरेको हो । बागलुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठ, बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी ‘प्रयास’, अग्रज साहित्यकारद्वय प्रेम छोटा र काजीरोशन र संस्थाकी अध्यक्ष अम्बिका भण्डारीले उनलाई सम्मान गरेका हुन् । कार्यक्रममा मेयर श्रेष्ठले साहित्य, संगीतले चेतनाको विकास र सभ्यताको उन्नयनमा समेत… पुरा पढौ

५ रसियन पर्वतारोहीको शव सातादेखि धौलागिरी हिमालमै

धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन । सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको छ । प्रतिकुल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो । “हेलिकप्टर अवतरण गर्न र व्यक्ति हिँडेर पुग्न नसकिने ठाउँमा पाँच जनाको… पुरा पढौ

डेंगुको विरामीले अस्पताल भरियो, भुइँमा राखे उपचार गरिँदै

तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका विरामी बढेका छन् । अस्पतालको भुइँमा राखेर विरामीको उपचार भइरहेको छ । विरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शय्याको अभाव भएको छ । पन्ध्र शय्या क्षमताको यस अस्पतालमा दैनिक करिब चार सयको हाराहारीमा ज्वरोका विरामी उपचारका लागि आउने गरेका छन् । पर्याप्त शय्या अभावमा उपचारमा कठिनाई भएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समवन्य समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए ।… पुरा पढौ

मर्दी छेउमै राखियो सुदीप गौतमको शालिक

२०७९ भदौ १४ गते मर्दी हिमाल छेउछाउका बस्तीमा सन्नटा छायो । त्यो दिन विश्वभर मर्दी हिमाल पदयात्रालाई चिनाउन योगदान गर्ने सुदीय गौतमको आकस्मिक निधन भएको थियो । सुदीपलाई भौतिक रुपमा गुमाएको दुई वर्षपछि उनको कर्मकै कारण थप परिचित बनेको मर्दी छेउमै उनको कर्ध कदको शालिक स्थापना गरिएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ को मर्दी हिमाल नजिकैको खुदारसिंह डाँडामा युवा पर्यटन व्यवसायी गौतमको शालिक राखिएको हो । युवा… पुरा पढौ

दक्षिण कोरियाली लेखक हान काङलाई नोबेल साहित्य पुरस्कार

मानसिक र शारीरिक यातनाका साथै ऐतिहासिक घटनाहरूबीच पत्राचारका लागि लेखक हान काङ बिहीबार साहित्यतर्फको नोबेल पुरस्कार जित्ने पहिलो दक्षिण कोरियाली बन्नुभएको छ ।  स्विडिश एकेडेमीले भनेको छ, “५३ वर्षीया हानलाई ऐतिहासिक आघातहरूको सामना गर्ने र मानव जीवनको नाजुकता उजागर गर्ने उहाँको तीव्र काव्यात्मक गद्यका लागि उहाँलाई नोबेलबाट सम्मानित गरिएको हो ।” लघुकथा लेखक एवं उपन्यासकार हान उहाँको पुस्तक ‘द भेजिटेरियन’ का लागि सबैभन्दा बढी परिचित हुनुहुन्छ । सन् २०१६ मा… पुरा पढौ

पोखरा महानगरले किन्यो ब्रुमर, सडकको धूलो मेसिनबाट सफा गरिने

पोखरा महानगरपालिकाले नगर क्षेत्रको सडक अव ब्रुमरले सफा गर्ने छ । सो का लागि महानगरपालिकामा सफा गर्ने स्वीपर मेसिन (ब्रुमर) ल्याएको छ । मेसिनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले एक साथ शुभारम्भ गर्नुभयो । नगर प्रमुख आचार्यका अनुसार ब्रुमरको सहायताले महानगर क्षेत्रको सडक सरसफाइको काम गरिनेछ । महानगरका मुख्य सडकहरूमा सवारीको चाप बढेसँग सडक छेउमा धुलो जम्मा हुने र वातावरण नै प्रदूषण हुने अवस्था आएपछि सडकको… पुरा पढौ

दसैँमा यस्तो रहनेछ मौसम

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज यसपालिको दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ । बुलेटिनमा कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । उक्त बुलेटिनअनुसार यस वर्ष दसैँको सप्तमी (२४ गते), अष्टमी/नवमी (२५ गते) र दशमी (२६ गते) का दिनमा कोशी प्रदेश र मधेस प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाइएको छ । विभागले कोशी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं