मुख्य समाचार

रवि र छविलाई अदालत लगिँदै, पीडित र रास्वपा दुवैले प्रदर्शन गर्दै

आज पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई म्याद थपका लागि कास्की जिल्ला अदालत लगिँदै छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत लामिछाने र जोशीलाई पोखराको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा अवैधानिक रुपमा लगी ठगीमा संलग्न भएको आरोप छ । रविलाई कात्तिक २ गते र जोशीलाई असोज ६ गते राजधानीबाट प्रक्रा गरिएको थियो । उनीहरु दुुवै गोरखा मिडिया प्रालिका पूर्वसञ्चालक हुन् । गोरखा मिडियामा पोखराको सूर्यदर्शनसहित देशका विभिन्न… पुरा पढौ

पोखराकाे जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किन्ने

पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने कृषि उपज खरिद सम्बन्धमा सम्झौता गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको रोहबरमा गरिएको सम्झौतामा महानगरपालिकाको तर्फबाट आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको तर्फबाट निमित्त प्रादेशिक प्रमुख रञ्जना के.सिले हस्ताक्षर गर्नुभएको हो। सम्झौता अनुसार कम्पनीले महानगर क्षेत्रका कृषकहरूले उत्पादन गरेको स्थानीय रैथाने… पुरा पढौ

ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न पत्राचार

मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को सिफारिसमा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी)ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । ललितपुर महानगरपालिका–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनबारे सिआइबीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रकम अपचलन भएको… पुरा पढौ

सहकारी ठगी कारबाही र बचत फिर्ता सँगसँगै हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगमाथिको कारबाही र बचत फिर्ताको काम सँगसँगै हुने बताउनुभएको छ। बुधबार सिंहदरबारबाट सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री ओलीले भन्नुभयो, “सहकारी ठगहरुलाई कारबाही गर्ने मात्र होइन, बचतकर्ताको बचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधिकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइँदै छ ।” प्रधानमन्त्री ओलीले सर्वसाधारणले… पुरा पढौ

इलेक्ट्रोनिक्स व्यवसायीबिच शुभकामना आदानप्रदान

नेपालीका विभिन्न चाडपर्वको सन्दर्भमा पोखराका इलेक्ट्रोनिक्स व्यवसायीबिच शुभकामना आदानप्रदान भएको छ । पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघले बुधबार दसैं, तिहार, नेपाल संवत, छठ लगायतका पर्वको सन्दर्भमा शुभकामना आदानप्रदान गरेको हो । कार्यक्रममा संस्थाका सल्लाहकार जनपुकार मुनकमीले इलेक्ट्रोनिक्स व्यवसायीबीच एकता र सहकार्यलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए । बुधबारै भएको संघको बैठकले संघको १२ औं अधिवेशन एवम् २४ औं साधारणसभा मंसिर १५ गते निर्णय गरेको छ । संघका अध्यक्ष नारायण सुवेदीले चाडपर्वहरु… पुरा पढौ

१७ गते भिन्तुना ¥याली, उत्कृष्टलाई पुरस्कार

फाइल फोटोनेपालीको मौलिक तथा राष्ट्रिय संवत नेपाल संवत ११४५ को अवसरमा पोखरामा भिन्तुना ¥याली निकालिने भएको छ । नेवा खलः कास्कीको आह्वान तथा बागबजार तायामाचा समितिको आयोजनामा न्हुँ दया भिन्तुना ¥याली निकालिने भएको हो । नेवाः खलः कास्की अध्यक्ष अशोक पालिखे यस वर्ष १७ गते न्हुँ दयाः भिन्तुना एवं म्ह पूजा हुने बताउँछन् । सो दिन बिहान न्हुः दयाँ भिन्तुनाको ¥याली पोखराको मोहरिया टोल, भैरव टोल, भीमसेन टोल हुँदै नेवा… पुरा पढौ

नेसपाको महाधिवेशन माघमा, सबै तहमा प्रत्यक्ष चुनाव

नेपाल समाजवादी पार्टी (नेसपा)ले आगामी माघ २५ देखि २७ गते काठमाडौंमा महाधिवेशन गर्ने भएको छ । पोखरामा सोमबार र मङ्गलबार भएको प्रथम विधान अधिवेशनले यस्तो निर्णय गरेको हो । पार्टी प्रवक्ता कृष्ण पौडेलले पार्टीको नाम र झण्डसमेत परिवर्तन भएको बताए । पार्टीको नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र संक्षिप्तमा नेसपा नयाँ शक्ति बनाइएको छ । डा बाबुराम भट्टराई नेतृत्वको नेसपा २०७३ सालमा नयाँ शक्ति नाममा स्थापना भएको थियो ।… पुरा पढौ

पूर्वाधार निर्माणको कौशल व्यवहारमा देखियोस्ः मन्त्री केसी

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले प्रदेश र संघ सरकारले पुल, सडक निर्माणमा बजेटको ठूलो हिस्सा खर्च गरिरहेको जनाउँदै पुल निर्माण वैज्ञानिक र गुणस्तरीय बनाउनैपर्नेमा जोड दिएका छन् । गण्डकी प्रदेश पूर्वाधार विकास निर्देशानालयको आयोजना र स्विस सरकारको सहयोगमा सञ्चालित स्थानीय सडक पुल कार्यक्रम इकाइको व्यवस्थापनमा भएको पाँच दिने तालिम मंगलबार सुरु गर्दै उनले यस्तो धारणा राखेका हुन् । तालिममा गण्डकी प्रदेशका विभिन्न कार्यालयका प्राविधिकहरुलाई… पुरा पढौ

छविलाल जोशीलाई बुटवल लगियो

सहकारीको निक्षेप अपचलन गरेको आरोपमा पक्राउ परेको गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई बयानको लागि सोमबार बुटवल ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता जहाजमा पोखराबाट रुपन्देही ल्याएको जानकारी दिइन्। जोशीलाई इलाका प्रहरी कार्यालय, बुटवलमा राखिएको छ। भोलिदेखि जोशीको बयान सुरु हुने डिएसपी खनालले जानकारी दिइन्। कार्तिक ७ गते कास्की फर्काउने जनाइएको छ। बुटवलको सुप्रिम सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ। पोखराको सुर्यदर्शनसँगै बुटवलको सुप्रीम लगायतका सहकारीबाट… पुरा पढौ

गण्डकीको वनमन्त्री बने भेषबहादुर

गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । पौडेललाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका हुन् । केही बेरअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङका पौडेललाई वनमन्त्री नियुक्त गरेका थिए । यसअघि, वरियतामा असन्तुष्टि जनाउँदै दीपक मनाङेले राजीनामा दिएपछि यो मन्त्रालय खाली थियो । भेषबहादुर कांग्रेस वरिष्ठ नेता शेखर कोइराला निकटका हुन् । दुई तिहाइ बहुमतको सरकारले बल्ल पूर्णता पाएको छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं