मुख्य समाचार

भरतपोखरीमा देउसीभैलो र एकल नृत्य प्रतियोगिता हुने

भरतपोखरी विकास मञ्चको आयोजनामा तिहारको अवसरमा कात्तिक १५ गते खुला देउसीभैलो तथा एकल नृत्य प्रतियोगिता हुने भएको छ । परापूर्व कालदेखि मौलिक संस्कृतिमा आधारित देउसीभैलोको मौलिकतालाई जीवन्त राख्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको मञ्चका अध्यक्ष डिल्लीराम बरालले बताए । मञ्चले यस पटक सातौं संस्करणको प्रतियोगिता आयोजना गर्दै छ । प्रतियोगितामा देउसीभैलोतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने समूहलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार… पुरा पढौ

दुई पार्टी व्यवस्थाका लागि दल विभाजन विधेयक ल्याउन खाेजियाेः नेपाली

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले २ पार्टी व्यवस्था ल्याउन दल विभाजन गर्ने अध्यादेश ल्याउन खाेजिएकाे दाबी गरेका छन् । उनले एमालेसँग एकताकाे परिकल्पना नभएकाे र माओवादीसग पनि एकताकाे कुरा नभएकाे प्रष्ट गरे । उनले आगामी उपचुनावमा एक्लै मैदानमा उत्रिने घाेषणा गरे । समाजवादी प्रेस संगठन कास्कीले साेमबार आयाेजना गरेकाे कार्यक्रममा उनी बाेल्दै थिए । पुरा पढौ

तल्लो विरौटा टोल आफ्नै भवनमा

पोखरा १७ मा रहेको तल्लो विरौटा टोल विकास संस्थाले टोलकै नाममा जग्गा किनेर सामुदायिक भवन बनाएको छ । विरौटावासीले प्रयोग गर्न मिल्ने सुविधा सम्पन्न बहुउद्देश्यीय सामुदायिक तथा क्रियापुत्री भवन टोलको २१ लाख ९०) हजार ८४ रुपैयाँ र ९ लाख २६ हजार ९ सय १६ जनसहभागिताबाट बनाइएको हो । ३१ लाख १७ हजारमा तयार भएको भवन शनिबार आयोजित कार्यक्रममा पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगीले उद्घाटन गरिन् । टोलहरु विकासको… पुरा पढौ

मुद्रण उद्योग महासंघ गण्डकीमा मनोहरको नेतृत्व

नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशको सातौं साधारणसभा तथा तेस्रो अधिवेशनले मनोहर दाहालको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको छ । कास्कीको माछापुच्छ«े गाउँपालिकाको ल्वाङमा भएको अधिवेशनबाट संस्थाको वरिष्ठ उपाध्यक्षमा सुदर्शन रेग्मी, प्रथम उपाध्यक्ष भीमबहादुर रसाइली, द्वितीय उपाध्यक्ष धनश्याम गौतम, महासचिव भीमनाथ शर्मा, सचिव गोविन्द सिग्देल, कोषाध्यक्ष सूर्यप्रसाद पौडेल र सहकोषाध्यक्षमा विश्वराज त्रिपाठी निर्वाचित भए । सदस्यमा निरञ्जन बजिमय, सन्दीप रिमाल र तारानाथ पराजुली छन् । महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष… पुरा पढौ

रवि र छविमाथि ३ अभियोगमा अनुसन्धान जारी

पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीमाथि तीन कसुरमा एकसाथ अनुसन्धान जारी छ । गोरखा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक लामिछाने र पूर्वउपाध्यक्ष जोशीविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणमा कास्कीमा अनुसन्धान गर्दै छ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा कात्तिक २ गते काठमाडौैंबाट पक्राउ पर्नुभएका लामिछाने र असोज ६ गते पक्राउ पर्नुभएका जोशीलाई बिहीबार कास्की जिल्ला अदालतले थप सात दिन… पुरा पढौ

सूर्यदर्शन सहकारी ठगीमा संलग्न अर्का एक जना पक्राउ

सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम ठगीमा संलग्न अर्का एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका– ८, बगालेफाँटका ४८ वर्षीय राम बहादुर खनाल रहेका छन् ।  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईब)ले उनलाई शुक्रबार काठमाडौँको पानीपोखरीबाट पक्राउ गरेको हो ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने समेत प्रतिवादी रहेको उक्त सहकारीमा रकम हिनामिना प्रकरणमा अनुसन्धानका लागि नेचर हवर्स इन्टरनेशनल प्रा.लि. र गोरखा ग्रुप अफ कंपनी लिमिटेडको संचालक एवं शेयरधनी खनाललाई… पुरा पढौ

मुस्ताङमा अमेरिकी र भारतीय नागरिकको मृत्यु

मुस्ताङको छुट्टाछुट्टै स्थानमा शुक्रबार एक पर्यटक र एक तीर्थयात्री गरी दुई विदेशी नागरिकको मृत्यु भएको छ । थासाङ गाउँपालिका–२ थाङसारमा अमेरिकी नागरिक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले थाङसारको होलिडे क्याम्प होटलको शयन कक्षमा अचेत अवस्थामा भेटिएका अमेरिकाका ६३ वर्षीय मिलो गोलसेगरलाई जोमसोम अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जानकारी दिनुभयो ।  मुक्तिनाथ मन्दिर दर्शन गरी… पुरा पढौ

रवि र छविमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वगृहमन्त्री तथा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्व डीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि अनुसन्धान हुने भएको छ । बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछाने र जोशीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धानका लागि अनुमति दिएको हो । कास्की प्रहरी प्रवक्ता डिएसपी बसन्तकुमार शर्माले लामिछाने, जोशी र लिला पछाईंमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान हुने… पुरा पढौ

रविसहित १२ विरुद्ध रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत रुपन्देहीले बिहीबार लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ अनुमति दिएको हो । सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नका लागि लामिछानेसहित १२ जनाविरुद्ध पुर्जी जारी भएको जिल्ला अदालत रुपन्देहीले जनाएको छ । लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा छन् । प्रहरीले बिहीबार थप ७ दिन हिरासतमा राख्न… पुरा पढौ

रवि र छवि थप ७ दिन थुनामा

सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई अनुसन्धानका लागि हिरासतमा राख्न थप ७ दिनको अनुमति दिएको हो । कात्तिक २ गते शुक्रबार पक्राउ परेका रविलाई यसअभि अदालतले ६ दिन म्याद थपेको थियो । सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेलाई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं