मुख्य समाचार

आयोजनाका समस्या बुझ्न भौतिकमन्त्री केसी फिल्डमा

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बागलुङमा सञ्चालित योजनाहरुको निरीक्षण गरेका छन् । मन्त्री केसीसहित मन्त्रालयको टोलीले शुक्रबार र शनिबार बागलुङका चार वटा योजनाको निरीक्षण गरेको हो । टोलीले शुक्रबार गल्कोट–हरिचौर–हिल्ल्तार–म्याग्दी सडक, शनिबार बुर्तिबाङ–तमानखोला–लमेला सडक र गाडीखोला– ढोरपाटन सडकसँगै चक्ती खोलामा बनेको पुलको निरीक्षण गरेको हो । गल्कोट–हरिचौर–म्याग्दी १०.८९४ किलोमिटर सडक स्तरोन्नतीका लागि २०७६ साल कात्तिक २७ मा २८ करोड १५ लाख ७ हजारमा… पुरा पढौ

नेपाल टेलिकममा रोबोट सेवा सुरु

नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको प्रयोग सुरु गरेको छ । सुन्धारास्थित टेलिकमको कार्यालयमा आज ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले बताउनुभयो । उहाँका अनुसार कार्यालयमा दैनिक दुई सयदेखि तीन सय सेवाग्राही आउनुहुन्छ । जनशक्ति पर्याप्त नहुँदा छिटो सेवा दिन कठिन थियो । “अब भने रोबोटले धेरै काम सहजिलो बनाउने अपेक्षा लिएका छौँ”, उहाँले भन्नुभयो, “सामान्य सोधपुछदेखि एनटिसी सेवाका छसय जति प्रश्नको… पुरा पढौ

गण्डकीकी सांसद बिमला गौचनको निधन

गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको हो । उनी डेंगु बिरामी भएपछि ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी थिइन् । गौचनलाई गए राति १२ बजे हृदयाघात भएको थियो । म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन् । ६३ वर्षीया गौचनका श्रीमानको यसअघि नै निधन भइसकेको छ भने छोरा अमेरिकामा छन् । छोरा आएपछि मात्र दाहसंस्कार गर्ने तयारी भएको छ । पुरा पढौ

मनाङेको क्षेत्रमा मंसिर १६ मा उपचुनाव नहुने

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ(दीपक मनाङे)को संसद पद खारेज हुने पक्का छ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भई मङ्गलबार जेल चलान भएपछि मनाङेको पद रिक्त हुन लागेको हो । उपनिर्वाचनभन्दा १९ दिनअघि पक्राउ परेका मनाङेको चाँडै रिक्त हुने स्थानमा मङ्सिरमा उपनिर्वाचन भने हुने छैन । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले मङ्सिर १६ गते हुने उपनिर्वाचन ४४ पदमा मात्र हुने जानकारी दिए । “कात्तिक २६ पछि खाली भएका स्थानमा… पुरा पढौ

महिला आधार सहकारीमा प्रमिलाको नेतृत्व

महिला आधार बचत तथा ऋण सहकारीको अधिवेशनले प्रमिला तझ्याको अध्यक्षतामा सर्वसम्मत नयाँ सञ्चालक समिति चुनेको छ । सहकारीको १३ औं साधारणसभा तथा ६ औं अधिवेशनबाट समितिको उपाध्यक्षमा चन्द्रा शर्मा तिवारी, सचिव विष्णु श्रेष्ठ, कोषाध्यक्ष विन्दु केसी महत र सहसचिवमा ईश्वरी चापागाईं निर्वाचित भएका छन् । सञ्चालक समिति सदस्यमा सीता तामाङ, सरला ढुंगाना, चन्द्र सुवेदी बराल, शान्ति बास्तोला बराल, ऋषिदेवी सिग्देल र सुशीला तिवारी छन् । शिक्षा उपसमिति संयोजकमा शान्ति अधिकारी… पुरा पढौ

रवि लामिछाने थप १३ दिन थुनामा

कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संगठित अपराधको कसूरमा प्रहरी अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको छ। कास्की जिल्ला अदालतका एक नम्बर न्यायाधीश नवराज दालहाले एकल इजलासले सो निर्णय गरेको हो। अदालतको आदेशसँगै पूर्वगृहमन्त्रीसमेत रहेका रवि अझै १३ दिन प्रहरी हिरासतमा रहनेछन्। उनीसँगै सोही प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशी,लीला पछाईं र पूर्वसंचालक रामकुमार… पुरा पढौ

नेकपा कास्कीले थाल्यो पोखरामा सामूहिक कृषि, १५ मुरी धान भित्र्यायो

नेत्रविक्रम चन्द (विप्लव सी) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्कीले जिल्लामा उत्पादन थालेको छ । पार्टीले पोखरा २६ र पोखरा १४ मा सामूहिक कृषि थालनी गरेको छ । पोखरा २६ मूलपानीमा लगाइएको धान शनिबार भित्र्याइएको हो । नेकपा कास्की सेक्रेटरी उमेश सीले १५ मुरी धान उत्पादन भएको जानकारी दिए । यसपालि उत्पादित धान पार्टीका कार्यक्रमहरुमा प्रयोग गरिने उनको भनाइ छ । उमेश भन्छन्, यो धान पार्टीको काममा प्रयोग हुन्छ ।… पुरा पढौ

मितेरी सहकारी ठगीः ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी

ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अनियमितता प्रकरणमा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा रेड नोटिस जारी भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको नेश्नल सेन्ट्रल ब्यूरो एनसिबीको सिफारिसका आधारमा इन्टरपोलको फ्रान्समा रहेको हेडक्वार्टरले दुईजनाविरुद्ध रेड नोटिस जारी गरेको प्रहरी स्रोतले बतायो । यो सहकारी ठगीबारे अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले गुरुङ र भण्डारीको खोजीका लागि इन्टरपोलमा रेड नोटिस जारी गरिदिन… पुरा पढौ

अफिन गण्डकीमा नयाँ कार्यसमिति

निजी अस्पतालहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) गण्डकी अध्यक्षमा चरक मेमोरियल अस्पतालका कपिल पोखरेल निर्वाचित भएका छन् । समितिको कार्यकाल २ वर्षको हुनेछ । कात्तिक १० गते अधिवेशन भए पनि कार्यसमिति र सल्लाहकार समितिले अहिले पूर्णता पाएको हो । अफिन गण्डकीको हालै भएको अधिवेशनबाट उपाध्यक्षमा फेवासिटी हस्पिटलकी डा चण्डिका पण्डित, सचिवमा कास्की मोडेल हस्पिटलका सूर्यप्रसाद पोख्रेल र कोषाध्यक्षमा नेसनल एपोलो अस्पतालका चूडामणि दाहाल चयन भए… पुरा पढौ

कुन जिल्लाका कहाँ कहाँ हुँदै छ उपचुनाव ?

आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदै छ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ । निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङ¬को ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं