मुख्य समाचार

मितेरी सहकारी ठगीः ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी

ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अनियमितता प्रकरणमा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा रेड नोटिस जारी भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको नेश्नल सेन्ट्रल ब्यूरो एनसिबीको सिफारिसका आधारमा इन्टरपोलको फ्रान्समा रहेको हेडक्वार्टरले दुईजनाविरुद्ध रेड नोटिस जारी गरेको प्रहरी स्रोतले बतायो । यो सहकारी ठगीबारे अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले गुरुङ र भण्डारीको खोजीका लागि इन्टरपोलमा रेड नोटिस जारी गरिदिन… पुरा पढौ

अफिन गण्डकीमा नयाँ कार्यसमिति

निजी अस्पतालहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) गण्डकी अध्यक्षमा चरक मेमोरियल अस्पतालका कपिल पोखरेल निर्वाचित भएका छन् । समितिको कार्यकाल २ वर्षको हुनेछ । कात्तिक १० गते अधिवेशन भए पनि कार्यसमिति र सल्लाहकार समितिले अहिले पूर्णता पाएको हो । अफिन गण्डकीको हालै भएको अधिवेशनबाट उपाध्यक्षमा फेवासिटी हस्पिटलकी डा चण्डिका पण्डित, सचिवमा कास्की मोडेल हस्पिटलका सूर्यप्रसाद पोख्रेल र कोषाध्यक्षमा नेसनल एपोलो अस्पतालका चूडामणि दाहाल चयन भए… पुरा पढौ

कुन जिल्लाका कहाँ कहाँ हुँदै छ उपचुनाव ?

आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदै छ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ । निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङ¬को ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष,… पुरा पढौ

करार कर्मचारी काण्डले महानगरमा विवाद

पोखरा महानगरपालिकाको ३७ औँ कार्यपालिका बैठकले गरेको निर्णयले पाेखरा महानगरमा विवाद सिर्जना भएकाे छ । लामो समयदेखि करारमा रहेका कर्मचारीहरूलाई बिदा गर्ने गरी बोर्ड बैठकले गरेको निर्णयकाे वििपक्षमा एमाले उभिएकाे हाे । सम्पूर्ण दोषहरू नगर प्रमुखमाथि थोपरेर आफू चोखिन खोजेको एमाले यसअघि आफैले हस्ताक्षर गरेको निर्णयको बर्खिलापमा उत्रिएको नगर प्रमुखको सचिवालयले विज्ञप्ति मार्फत जनाएको छ । २०८० पौष २९ गते आइतबार बसेको २५ औँ कार्यपालिकाका बैठकले नै कर्मचारी व्यवस्थापनका सम्बन्धमा… पुरा पढौ

हरिदेवीलाई सङ्घर्षशील सामाजिक पुरस्कार

गायिका हरिदेवी कोइरालालाई सङ्घर्षशील सामाजिक पुरस्कार अर्पण गरिने भएको छ । अम्बिका–भागवत फाउण्डेशन नेपालले हरेक दुई वर्षमा प्रदान गर्दै आएको सो पुरस्कार यस वर्ष कोइरालालाई अर्पण गरिन लागेको हो । साहित्यकार एवं गायिका अम्बिका भण्डारी संयोजकत्व, गोमा सोती र षडानन्द पौडेल सदस्य रहेको प्रतिभा चयन समितिको सिफारिसलाई फाउण्डेशनको मङ्गलबार सम्पन्न बैठकल स्वीकृत गरेको हो । पोखरा बैदाममा जन्मिएकी कोइराला नेपाली लोकगीत, लोकदोहोरी गायन तथा साहित्य क्षेत्रका ३० को दशकदेखि अविचलित… पुरा पढौ

दोषी देखिए धनराज गुरुङमाथि पनि कारवाहीः गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा संलग्नता र दोषी देखिए प्रमाणका आधारमा सबैमाथि कारवाही हुने दाबी गरेका छन् । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको सहकारी ठगीमा संलग्नताबारे सोधिएको प्रश्नमा लेखकले अनुसन्धान र कारवाही अनुहारका आधारमा नहुने प्रष्ट गरे । “सहकारी ठगी अनुसन्धानमा अनुहार हेरिएको छैन, प्रमाण हेरिएको छ । प्रमाण तथा जान्छ, अनुसन्धान त्यतै गएको छ,” उहाँले भन्नुभयो, “कतै राजनीतिक आग्रह÷पूर्वाग्रह राखिएको छैन । बचतकर्ताको रकम फिर्तालाई केन्द्रमा राखिएको छ ।”… पुरा पढौ

लिवर सिरोसिस (Cirrhosis of Liver) का कारण, उपचार पद्धति र भ्रमहरु

सामान्य भाषामा यसलाई लिवर फेलर भनेर बुझ्न सकिन्छ | सिरोसिस भनेको कलेजो फेल भएको अवस्था हो । कलेजोको क्यान्सर पछिको यो दोस्रो गंभीर बीमारी हो । किन हुन्छ लिवर सिरोसिस ? लिवर सिरोसिसका मुख्य कारण के के हुन् त ? Alcoholic liverdisesase( रक्सिको कारण कलेजो बिग्रने ): कम्तिमा १० वर्षदेखिरक्सीको नियामित सेवन दिनहुँ या हप्तामा ४ दिन जसो गरेमा Chronic Hepatitis B र C ( हेपाटाइटिस बि र सी )… पुरा पढौ

कात्तिक १८ गते ११ः ३७ बजे भाइटीकाको शुभ साइत

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः ३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ । यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३… पुरा पढौ

एमालेलाई मीनबहादुरको जग्गादानविरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले कीर्तिपुरस्थित १० रोपनी १४ आना जग्गादान प्रकरणमा अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार उक्त जग्गादानविरुद्ध अल्पकालीन अन्तरिम आदेश दिएको हो । गुरूङबाट दान लिएको जग्गामा कुनै संरचना नबनाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । एमालेले गुरुङबाट जग्गा दान लिएको विषय कानुनविपरीत भएको भन्दै अधिवक्ता ज्ञानबहादुर बस्नेतले भवन निर्माणसमेत रोक्न मागसहित हालेको रिटमा… पुरा पढौ

धनराज गुरूङमाथि अनुसन्धान गरौंः थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी उपसभापति धनराज गुरूङमाथि पनि अनुसन्धान गर्न माग गरेका छन्। उपसभापति गुरूङ ललितपुरको मितेरी सहकारी प्रकरणमा जोडिएका छन्। राष्ट्र बैंकका कर्मचारीहरूले काठमाडौंमा सोमबार आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले सहकारी ठगीमा गुरूङको संलग्नताको चर्चा भएकोले अनुसन्धान गर्न सरकारसँग माग गरे । ‘कांग्रेसका उपसभापति धनराज गुरूङको संलग्नता सम्बन्धमा बाहिर चर्चा चलेको छ, सहकारीसम्बन्धी संसदीय समितिमा पनि यस विषयमा छलफल भयो, बहस भयो र थप अनुसन्धान गर्नुपर्छ, म… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं