
गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको हो ।
उनी डेंगु बिरामी भएपछि ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी थिइन् । गौचनलाई गए राति १२ बजे हृदयाघात भएको थियो ।
म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन् । ६३ वर्षीया गौचनका श्रीमानको यसअघि नै निधन भइसकेको छ भने छोरा अमेरिकामा छन् । छोरा आएपछि मात्र दाहसंस्कार गर्ने तयारी भएको छ ।