
सामान्य भाषामा यसलाई लिवर फेलर भनेर बुझ्न सकिन्छ | सिरोसिस भनेको कलेजो फेल भएको अवस्था हो । कलेजोको क्यान्सर पछिको यो दोस्रो गंभीर बीमारी हो ।
किन हुन्छ लिवर सिरोसिस ? लिवर सिरोसिसका मुख्य कारण के के हुन् त ?
- Alcoholic liverdisesase( रक्सिको कारण कलेजो बिग्रने ): कम्तिमा १० वर्षदेखि
रक्सीको नियामित सेवन दिनहुँ या हप्तामा ४ दिन जसो गरेमा - Chronic Hepatitis B र C ( हेपाटाइटिस बि र सी ) इन्फेक्सन ; – सर्ने मुख्य कारण,
रगतबाट, असुरक्षित यौन सम्पर्कबाट, आमाबाट सन्तानमा लागूऔषध सुइ साटफेर
गर्ने वर्गहरुलाई हुन सक्छ । - हेपाटाईटिस बि र हेपाटाईटिस सी – लामो समयसम्म उपचार नगरेमाहाम्रो समाजमा १०० मा ८० – ९० % लिवर सिरोसिसको मुख्य कारण रक्सिकोनियमित सेवन नै हो । हिजोआज लामो समयदेखि हेपाटाईटिस बि र हेपाटाईटिस सिभएर कलेजो बिग्रेका बिरामीहरुको संख्या पनि बढ्दो मात्रामा देखा पर्न थालेको छ।
4. अन्य कारणहरु : मधुमेह (डायबिटीज) र मोटोपना , कलेजोमा बोसोको मात्रा बिस्तारै
बिस्तारै बढ्दै जाँदा ( फ्याति लिवर ) FATTY LIVER
रोगको लक्षण
कलेजो ७०-८० % बिग्रिदासम्म पनि कति अवस्थामा कलेजोको रोगको कुनै पनि लक्षण वा
समस्या नदेखिन पनि सक्छ । उदारणमा, नियामित रक्सि सेवन गर्ने र कलेजो बिग्रिन्दै गरेको
व्यक्तिको केहि महिना अघिसम्म पनि कलेजोको रगतमा गरिने जाच पनि सामान्य देखिन
पनि सक्छ ।
कसै कसैमा रोगको सुरुवात कमजोरी महसुसु हुन सक्दछ । छिट्टै थकाइ
लाग्ने , काम गर्न गार्हो हुने, हात खुट्टा गलेर आउने. खाना खान मन नलाग्ने हुन सक्छ।
लिवर सिरोसिसका लक्षणहरु
१.जन्डिस रहिरहने (आँखाबाट पहेलो पना सुरू भएर शरीर को अन्य भागमा देखा
पर्ने र बढ्ने पहेलोपना ) र पहेलो पिसाब
२. खाना मन नलाग्ने, बान्ता हुने, आलस्य , कमजोरी
३. खुट्टा सुनिन्ने , फुल्ने
४. पेट फुल्ने, ठुलो पेट हुने
५. छाला मासु गलेर आउने, पातलो दुब्लो हुने
६. केटा मान्छेको स्तन बढेर आउने
७. चोट लाग्दा रगत बगीरहने

कलेजो रोग बिशेसज्ञले यस्ता रोगीहरु देख्नेबित्तिकै पत्तो लगाउन सक्छन। तर कलेजो के
कति बिग्रेको छ, अरु के के जटिलता छन् त्यो हेर्नलाई केहि जांचहरु पठाउनु हुन्छ।
के के जाँच्ने ?
रगत, पिसाब आवस्यकता अनुसार विडियो एक्सरे, सिटि स्क्यान, इन्डोस्कोपी
- LFT– रगतबाट कलेजो जाँच्दा high billirubin, high ALT/AST
- रगतमा : Hepatitis B र C
- URINE RE , ME – पिसाबमा खराबी
- रगतमा बोसोको मात्र उच्च हुन सक्छ ( High TG, high Cholesterol, high LDL)
- blood sugar, uric acid –उच्च हुन सक्छ
- video XRAY – गर्दा कलेजो खुम्चिएको, पेटमा पनि जमेको, फियो सुन्निएको
- CT scan : आवस्यकताअनुसार
- Endoscopy : आवस्यकताअनुसार
- LIVER SCAN
सिरोसिस भयो भने के के समस्या आउन सक्छन ?
- पेटमा पानी जम्नाले पेट फुलेर औंचा, सास फेर्न गाह्रो हुने
- खुट्टा फुलेर, सुनिएर काम गर्न, हिंड्न गाह्रो हुने
- मुखबाट बांतामा रगत आउने, दिसामा रगत आउने, दिसा कालो हुने
- बोलि लटपतिने, बेला बेलामा होश गुमाउने, दिनमा सुत्ने, रातमा बर्बराउने
- पिसाबमा कमी हुने
- सास फेर्न गारो हुने , केहि पाइला हिंड्न गाह्रो हुने
- कलेजोको क्यान्सर
माथि उल्लेखित कुनै पनि समस्या देखा परेमा तुरुन्तै अस्पताल जानुपर्छ | कतिपय
अवस्थामा आइसीयूमा भर्ना गरेरमात्र उपचार सम्भव हुन सक्दछ |
उपचार
सिरोसिस भएका बिरामी जन्डिसको उपचार गर्दै हिंडेको देखिन्छ | जन्डीसको उपचार गर्दै यो रोग निको हुन्न | जन्डिस भनेको कलेजोको खराब भने बुझिन्छ | यो आँफैमा कुनै रोग होइन | येसरी त ज्वरो आउँदा सेटामोल खाको जस्तो भयो | जन्डीस गराउने कलेजो रोग को उपचार गर्नु पर्यो |
लीवर सिरोसिसको औषधिबाटै पूर्ण उपचार नहुन सक्छ । लीवर प्रत्यारोपण नै यो रोगको अन्तिम विकल्प हो । तर यो भन्दैमा औषधि उपचार गर्ने नमिल्ने पनि होइन । समस्या बढ्न नदिन , कलेजो जति बिग्रियो, बिग्रियो , तर थप बढ्न नदिन केहि औषधि हरु प्रयोग गरिन्छ । तर बुझ्नु पर्ने कुरो , रक्सि बिल्कुलै बन्द गर्नु पर्यो , चुरोट खानु भएन । हेपेटाइटिस बी र सीबाट पीड़ित सिरोसिसका बिरामीहरुले डाक्टरको सल्लाह अनुसार पहिले एंटीवायरल औषधि खानुपर्यो ।खुट्टा सुन्नेको , पेट फुलेको अवस्थामा पिसाब लाग्ने औषधि को सेवन , दिसा पातलो गरुने झोल औषधि लेक्टुलोजको प्रयोग आदि ।
लिवर सिरोसिसको उपचार
- चिकित्सक , पेट तथा कलेजो रोग विशेषज्ञसंग परामर्श र सरसल्लाह र नियमित देखाई रहनु पर्दछ | यसको अझै जटिलता नहोस भनेर उपचार गर्ने र जे जसो जटिलता देखिन्छ तेस्को समयमै उपचार गर्ने|
- कतिपय अवस्थामा कलेजो फेर्ने अथवा प्रत्यारोपण गर्नुबाहेक अन्य विकल्प न रहन पनि सक्छ |
यस्ता भ्रमहरूमा नअल्झिनुस
१. लिवर टनिक जन्डीसको सफल उपचार |
२. लिवर टनिक खाएपछि रक्सी खान हुन्छ |
३. लिवर टनिक खाएपछि कलेजो बिग्रन्न |
के बार्ने, के नाबारने; यो बुझ्न आवस्यक छ |
बार्ने तत्वहरु
- जन्डीसको कारण : जस्तै हाम्रो समाजमा मुख्य रक्सी
- कलेजो खानामा बिशेष गरि चिल्लो र प्रोटिन प्रयोग हुने हुँदा ; कलेजोलाइ आराम
दिनको लागि माछा मासु , फ्राई गरेको , चिल्लो नखाने |
भ्रमहरू
१. बेसार खाएर कलेजोको रोग , जन्डिस (पहेलो रोग ) बढ्छ, नुन खानु हुन्न
२. जे पनि उमालेको खाने
३. तरकारी बनाउनको लागि प्रयोग हुने, प्याज भुट्न प्रयोग हुने तेल पनि प्रयोग गर्नु हुन्न |

बास्तविकता खानपानको कुरामा
१. जन्डिसमात्र हुँदा पानी ज्यादा पिउने भनिन्छ | तर सिरोसिस भैसकेपछि अध्याधिक पानि
नपिउने | जति पिसाब लाग्छ, त्यति जति नै पानि पिउने |
२. मुख नमिठो हुने हुँदा : मिठो पानी ( ग्लुकोज पानी), फलफूलको जुस खाने भनिएको हो |
फलफुलबाट पानीको बिकल्पको साथमा स्वादिलो र तागत पनि आउंछ | कलेजोलाई असर
पनि गर्दैन | सकी नसकी मेवा, उखु खोज्दै हिंड्नु पर्दैन | उखु पेल्ने, हात पानी फोहोर छ भने
फाइदा होइन उल्टो बेफाइदा बढी हुन्छ | ख्याल राख्नु, पानी उमालेओ या सफा फिल्टर गरेको
हुनु पर्छ |
३. निएमित बिहान बेलुका खाने दाल भात खान मिल्छ | तरकारी बनाउनको लागि प्रयोग हुने,
प्याज भुट्न प्रयोग हुने तेल पनि प्रयोग गर्नु हुन्छ | तेलमा फ्राई गरेको , तेलमा तारेको, जंक
खाना, मोमो , चाउमिन नखाने |
४. कोक , फेन्टा , प्याकेटमा पाइने नखाने |
PROFESSOR डा सुबास भट्टराई
MD (MEDICINE), DM ( MEDICAL GASTROENTEROLOGY)
पेट तथा कलेजो रोग बिशेषज्ञ
GASTROCARE PVT. LTD.
पेट तथा कलेजो रोग उपचार केन्द्र
MUSTANG CHOWK, Pokhara, Nepal . Tel : 061 – 585560
facebook page : gastrocare