नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशको सातौं साधारणसभा तथा तेस्रो अधिवेशनले मनोहर दाहालको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको छ ।
कास्कीको माछापुच्छ«े गाउँपालिकाको ल्वाङमा भएको अधिवेशनबाट संस्थाको वरिष्ठ उपाध्यक्षमा सुदर्शन रेग्मी, प्रथम उपाध्यक्ष भीमबहादुर रसाइली, द्वितीय उपाध्यक्ष धनश्याम गौतम, महासचिव भीमनाथ शर्मा, सचिव गोविन्द सिग्देल, कोषाध्यक्ष सूर्यप्रसाद पौडेल र सहकोषाध्यक्षमा विश्वराज त्रिपाठी निर्वाचित भए ।
सदस्यमा निरञ्जन बजिमय, सन्दीप रिमाल र तारानाथ पराजुली छन् । महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष महेन्द्र बजिमय संयोजक र कृष्णराज ढुंगाना र घननारायण श्रेष्ठ सदस्य रहेको निर्वाचन मण्डलले नयाँ कार्यसमिति चयनका लागि सहजीकरण गरेको थियो ।
१७ सदस्यीय समितिका बाँकी सदस्यपछि मनोनयन गरिने बताइएको छ । कार्यक्रममा महासंघ गण्डकी अध्यक्ष वसन्त बास्तोलाले मुद्रण महासंघका सरोकार र व्यवसायिक हितका लागि विभिन्न योजनाअघि सारेको जनाउँदै बाँकी काम नयाँ कार्यसमितिले पूरा गर्ने अपेक्षा गरे ।

सभाले सचिव मनोहर दाहालको प्रगति प्रतिवेदन र कोषाध्यक्ष कोपिला श्रेष्ठको आर्थिक प्रतिवेदनसमेत पारित गरेको छ ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष गोपालप्रसाद ढकाल, केन्द्रीय महासचिव अर्जुन सापकोटा, पूर्वकेन्द्रीय उपाध्यक्ष पदमलाल श्रेष्ठ, केन्द्रीय उपाध्यक्ष महेन्द्र बजिमय, म्याग्दी जिल्ला अध्यक्ष सन्दीप खत्री, काठमाडांै अध्यक्ष दुर्गा ढकाल, काडमाडौंका निवर्तमान अध्यक्ष घननारायण श्रेष्ठ, प्राविधिक संघ अध्यक्ष नहकुल महर्जन, केन्द्रीय उपाध्यक्ष राजकुमार घिमिरे, उद्योग वाणिज्य संघ कस्की उपाध्यक्ष एवं मुद्रण महासंघ कास्कीका वरिष्ठ उपाध्यक्ष दिनेशचन्द्र बास्तोला, पूर्व केन्द्रीय सचिव जीवन गोर्खाली, केन्द्रीय उपमहासचिव कमल पोखरेल लगायतले बोलेका थिए ।
मुद्रक उद्योग संघ कास्कीको १५ औं साधारणसभासमेत शुक्रबार भएको छ ।
सभामा महासंघका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद तिवारीले व्यवसायीबिच हार्दिकता र सहकार्यबिना प्रेस क्षेत्रको अवस्था अपेक्षित सुधार नहुने उल्लेख गरे । उनले आफूले उत्पादन गरेका वस्तुहरुको उचित मूल्य लिन आग्रह गर्दै उपयुक्त नीति निर्माणका लागि राज्यसँग पहलकदमी गरिरहेको जनाए । महासंघ कास्कीको सभा अध्यक्ष चिन्तामणि बास्तोलाको अध्यक्षतामा भएको थियो ।






