सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई अनुसन्धानका लागि हिरासतमा राख्न थप ७ दिनको अनुमति दिएको हो ।
कात्तिक २ गते शुक्रबार पक्राउ परेका रविलाई यसअभि अदालतले ६ दिन म्याद थपेको थियो ।
सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेलाई शनिबार बिहान पोखरा ल्याइएको थियो ।
सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले सहकारीको रकम गोर्खा मिडियामा आएको र गोर्खा मिडियाको कारोबारमा रवि लामिछाने संलग्न रहेको भन्दै आवश्यक कारबाही गर्न सिफारिस गरेको थियो ।
गोरखा मिडियाकै अर्का सञ्चालसमेत रहेका पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीविरुद्ध पनि सात दिन म्याद थप भएको छ ।




