लेकसाइडको द वल्ड लान रेष्टुरेन्टलाई २ लाख जरिवाना

पोखरा ६ लेकसाइडस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एन्ड बारलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले अधिकतम खुद्रा मूल्यभन्दा चौबर बढी मूल्य लिएको पाइएपछि द बल्ड लानलाई जरिवाना गरेको हो ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड ख बमोजिम जरिवाना गरिएको प्रशासनले जनाएको छ । यो कसूर गरे वा गराएमा दुई लाखदेखि तीन लाख जरिवाना हुन सक्छ । यो रेष्टुरेन्टले प्रशोधित पानी एक बोत्तलको एक सय रुपैयाँ लिएको बिलसहित उजुरी परेको थियो ।

कास्की प्रशासनले शनिबार पोखराको चिप्लेढुंगाको मारवाडी सेवा भोजनालयलाई खाजाको प्याकेटमा मूल्य अनुसार कम परिमाण रहेको पाइएपछि दुई लाख जरिवाना गरेको थियो ।