syombolic pix
वर्षासँग आएको पहिरोले पुरिएर शुक्रबार धादिङमा दुई जना चेपाङ र खोलाले बगाएर एक जना बालिका बेपत्ता भएका छन् ।
भल आएको नदीमा माछा मार्न हिँडेका बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्तु चेपाङ पहिरोमा परेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए ।
नदीमा माछा मार्न जान लागेका उनीहरु पानी परेपछि गजुरी गाउँपालिका वडा नम्बर २ गुम्बाडाडाँमा रहेको ओडारमा ओत लागेर बस्दा एक्कासि पहिरो आउँदा पुरिएका हुन् । उनीहरुको खोजी जारी छ ।
यसैगरी, गजुरी गाउँपालिका वडा नम्बर ७ र ८ को बिचमा पर्ने घट्टेखोलाले बगाएपछि एक बालिका बेपत्ता भएकी छिन् । खोलाले बगाएका दुईजना भने पौडिन सफल भएका छन । खोलाले बगाएकी बालिकाको स्थानिय द्वारा खोजि गरिरहेका छन् ।




