धरौटीमा छुटे ढाकाकुमार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा छुटेका छन् ।

लागु औषध कारोबारको आरोपमा पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीले बुधबार ७५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले श्रेष्ठलाई धरौटीमा छोड्न आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । ढाका धरौटी बुझाएर रिहा भइसकेका छन् ।

उनी प्रतिबन्धित औषधि ९लागु औषध० टापेटाडोल कारोबारमा संलग्न रहेको आरोपमा भदौ २७ गते पक्राउ परेका थिए । रास्वपा सत्तामा भएका बेला मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग रकम मागेको अडियो सार्वजनिक भएपछि उनको संसद पद गएको थियो ।