मुख्य समाचार

बालेनको राजनीतिक छलाङ: ‘देश विकास पार्टी’मार्फत देशव्यापी चुनाव लड्ने तयारी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै नयाँ राजनीतिक समीकरण बनाउन तीव्रता दिएका छन् । उनी अब संसदीय राजनीतिमा सक्रिय हुने भएका हुन् । यसका लागि उनले विभिन्न दलका नेता, जेनजी प्रतिनिधि र पूर्वविवेकशील साझाका सदस्यहरुसँग सहकार्य अघि बढाएका छन् । ललितपुरको कुपण्डोलस्थित कुमार व्यञ्जनकारको निवासमा बालेनले दुई दिनदेखि लगातार छलफल गरिरहेका छन् । उनले सबै नयाँ शक्ति मिलेर एकीकृत रूपमा चुनाव लड्न आह्वान गरेका छन्… पुरा पढौ

जेनजी आन्दोलनमा ध्वस्त गण्डकी प्रदेशसभा माटेपानी सारियो

जेनजी आन्दोलनका क्रममा भवन ध्वस्त भएपछि भवनविहीन गण्डकी प्रदेशसभा सचिवालय पोखरा–१२, माटेपानी सारिएको छ । पोखरा–३, नदीपुरमा रहेको प्रदेशसभा सचिवालय, सभाहल, दलका कार्यालय र सवारीहरुसमेत आन्दोलनका क्रममा ध्वस्त भएका थिए । २०७५ साल भदौमा निर्माण सम्पन्न भएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको भवनमा प्रदेशसभा सचिवालय सारिएको हो । प्रदेश सरकारले प्रशासनिक पुनर्संरचनाका क्रममा निर्देशनालय खारेज गरेपछि भवन खाली थियो । त्यही भवनमा सचिवालय सञ्चालन गरिएको सभामुख कृष्णप्रसाद धितालले बताउनुभयो ।… पुरा पढौ

निर्वाचन आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता २०८२ को मस्यौदा

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले अधिकार प्रयोग गरी आयोगले आचारसंहिताको मस्यौदा सल्लाह, सुझावका लागि जारी गरेको हो ।… पुरा पढौ

सात निर्वाचन अधिकृत नियुक्त

आगामी २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सात प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम आयोगको मिति २०८२ पुस ७ गते बसेको बैठकले सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो। आयोगका अनुसार नियुक्त निर्वाचन अधिकृतहरू मिति २०८२ पुस १५ गतेदेखि लागू हुने गरी कार्यभार सम्हाल्नेछन्।  उनीहरूले मिति २०८२ पुस १६ गते… पुरा पढौ

ओलीबाहेक अरुको स्थनहद फुकुवा

जेनजी आन्दोलनको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहसचिव, प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीको स्थान हद फुकुवा गरेको छ । त्यस बेला प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको भने अझै फुकुवा भएको छैन । अनुसन्धानका लागि बयान लिन भन्दै आयोगले यसअघि स्थान हदको निर्णय गरेको थियो । मंगलबार आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको स्थान हद फुकुवा… पुरा पढौ

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको अभियोगमा एसएसपी गिरीविरुद्ध मुद्दा दायर

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गिरीले सेवा प्रवेश र बढुवाका लागि पेस गरेको माध्यमिक शिक्षा उत्तीर्ण (एसएलसी) को प्रमाणपत्र नक्कली रहेको ठहर गर्दै मंगलबार मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार गिरीले सन् १९८८ मा भारतको बिहार स्कुल एक्जामिनेसन बोर्ड, पटनाबाट एसएलसी उत्तीर्ण गरेको नक्कली शैक्षिक… पुरा पढौ

फेवाताल दोहन, नियमक निकाय चूपचाप

खुलेको मौसममा माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाको प्रतिबिम्बले फेवाताल अझ आकर्षक देखिन्छ । तर ताल लामो समयदेखि प्राकृतिक र मानवीय दुवै खालका अतिक्रमणबाट संकटमा पर्दै गएको छ । भदौमा भएको जेनजी आन्दोलनपछिको राजनीतिक तरलताको फाइदा उठाउँदै तालको पानीमै पर्खाल उठाएर संरचना बनाउने, सिमसार क्षेत्रमा घडेरी हाल्ने र जग्गा सम्याउने क्रम तीव्र बनेको छ । पोखरा–१८, खपौदीमा तालकै पानीबाट पर्खाल उठाएर ‘क्यालिफोर्निया गार्डेन क्याफे’ सञ्चालनमा आएको छ भने सँगै अर्को रेस्टुरेन्ट निर्माणाधीन… पुरा पढौ

फेवाताल सिमसार क्षेत्र पुर्दै गर्दा युवराज खतिवडा पक्राउ

फेवातालको सिरान क्षेत्रमा रहेको सिमसार पुर्ने क्रममा कास्की प्रहरीले व्यवसायी युवराज खतिवडालाई सोमबार पक्राउ गरेको छ। सिमसारमा माटो र गिटी हालेर पुरिरहेको सूचनापछि पुगेको प्रहरी टोलीले गाडी नियन्त्रणमा लिन खोज्दा खतिवडाले प्रहरीमाथि दुर्व्यवहार गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो। घटनास्थलमा पुगेका पत्रकारहरूमाथि समेत खतिवडाले दुर्व्यवहार गरेको पत्रकार सुमन ढुङ्गानाले बताए। प्रहरीले सिमसार पुर्न प्रयोग गरिएका गाडीका चाबी खोसेपछि खतिवडाले अर्को चाबी ल्याएर पुनः गाडी सञ्चालन गर्न प्रयास गरेका थिए। पछि प्रहरीले… पुरा पढौ

रविपछि छवि पनि धरौटीमा छुटे

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापछि रवि लामिछाने धरौटीमा छुटेको पर्सिपल्ट छविलाल जोशी पनि धरौटीमा रिहा भएका छन्। नेपाल प्रहरीका पूर्वडिआइजी जोशी सहकारीको रकम ठगी र संगठित अपराध मुद्दामा लामिछानेसँगै थुनामा थिए। उच्च अदालत तुलसीपुर बुटवल इजलासले रविलाई शुक्रबार धरौटी र बिगोबापत उनको भागमा पर्ने जमानत लिएर छोड्न आदेश गरेको थियो। छविको हकमा निवेदन दिएपछि मात्रै पुनः विचार गर्न सकिने भन्दै उक्त मुद्दा जिल्ला अदालत… पुरा पढौ

चुनावका लागि समावेशी समूहको प्रतिशत तोकियो, कसको कति ?

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ बमोजिम आसन्न निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत निर्धारण गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेका एि । सरकारले विसं २०७८ को जनगणनाको प्रतिवेदन अनुसार दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिमको जनसङ्ख्याको प्रतिशतका आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं