महाधिवेशन गर्ने नै हो भने मैले रोक्ने कुरा हुँदैन : देउवा

latest-news-icon
trending-news-icon
search-news-icon
english-portal-icon

चुनावमा असर नपरोस् भनेर महाधिवेशन अघि नबढाउन सुझाएँ, गर्छन् भने जेसुकै गरुन्: देउवा

देश सञ्चार१२ मिनेट पहिले

161Shares

facebook sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button
चुनावमा असर नपरोस् भनेर महाधिवेशन अघि नबढाउन सुझाएँ, गर्छन् भने जेसुकै गरुन्: देउवा

+

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनको मुखमा महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाले चुनावी परिणाममा नकारात्मक असर पर्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

आफूले पार्टीका नेताहरूलाई यस्तो सुझाव दिँदै आएको भए पनि महाधिवेशन अगाडि नै गर्ने निर्णय भए त्यसमा अवरोध नगर्ने उनले स्पष्ट पारे।

मङ्गलबार काठमाडौँमा पत्रकारहरूसँगको भेटघाटमा देउवाले १५औँ महाधिवेशनमा आफू प्रतिस्पर्धी नरहने र तटस्थ भूमिका निभाउने बताए। विधानअनुसार सभापतिमा उम्मेदवार बन्न नमिल्ने र व्यक्तिगत इच्छा पनि नभएकाले अन्य नेताहरूलाई मात्र प्रोत्साहन गर्ने उनको भनाइ थियो।

“निर्वाचनअघि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाको असर पर्छ भनेर मैले भनिरहेको छु,” देउवाले भने, “तर गर्ने नै हो भने मैले रोक्ने कुरा हुँदैन।”

देउवाले विशेष महाधिवेशन हुने सम्भावना पनि अस्वीकार गरे। विशेष महाधिवेशन गर्दा त्यसको प्रक्रिया र विधिका विषयमा फेरि विवाद हुने भएकाले नियमित महाधिवेशनमै सहमतिमा जानु उपयुक्त हुने उनको धारणा छ।