नबोक है नारी, नबोक है नारी
नगरेको पापको थुपारेको भारी।
सृष्टिको आधारलाई पाप जनाएर
डराउन दिने खालका कथा बनाएर
युगौ देखि यसरी छल्दै आए खाली
व्रत बसी पञ्चमीमा नबजाइदेऊ ताली ।
नबोक है नारी, नबोक है नारी
नगरेको पापको थुपारेको भारी।
लाज मान्दै हेरेको छ आज विज्ञानले
कुनितीले ठाउँ पायो हाम्रो अज्ञानले
त्याग्नु पर्छ सबै मिली यस्तो परम्परा
उखेलेर फाल्नु पर्छ कुसंस्कारको जरा।
नबोक है नारी, नबोक है नारी
नगरेको पापको थुपारेको भारी।
( तिज पञ्चमी खारेज गरौ)




