गुरुङ साहित्यिक मञ्च नेपालको १० औं साधारणसभा तथा चौंथो अधिवेशनले रोशनी गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको छ । शनिबार भएको अधिवेशनबाट रोशनीको अध्यक्षतमा ११ सदस्य नयाँ कार्यसमिति गठन भएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा मिश्रामाया गुरुङ (इटहरी, सुनसरी), उपाध्यक्ष आश गुरुङ (लमजुङ), महासचिव सम्राट गुरुङ (कास्की), सचिवः सुरज गुरुङ (लमजुङ), कोषाध्यक्ष जसमाया (जस्सु) गुरुङ र सहकोषाध्यक्ष प्रतिमा गुरुङ निर्वाचित भएका छन् ।
मञ्चका सदस्यमा पवित्रा गुरुङ, बालकाशी गुरुङ, रुकबहादुर गुरुङ, प्रेमबहादुर गुरुङ र खुसीमाया गुरुङ छन् ।
बाँकी १ सदस्य संस्थाको पहिलो बैठकबाट मनोनीत गरिनेछ । मञ्चका कानुनी सल्लाहकारसमेत रहेकी जुना गुरुङ संयोजक र प्राज्ञ तीर्थ गुरुङ र मञ्चका सल्लाहकार शान्ति गुरुङ सदस्य रहेको निर्वाचन समितिले नयाँ समिति चयनका लागि सहजीकरण गरेको थियो ।





