वामपन्थी बुद्धिजीवी तथा लेखक झलकपाणि तिवारीले आफ्ना बुवा दण्डपाणिको स्मृतिमा संस्मरणात्मक पुस्तक तयार पारेका छन् । झलकपाणिले तयार गरेको …पिताजी डण्डपाणिÚ तिवारीÚ नामको पुस्तक उनकी आभा रुक्मिनाको १३ औं वार्षिक स्मृतिको सन्दर्भमा सार्वजनिक गरिएको छ ।
सो अवसरमा माझठानाका गंगाराम तिवारी कुलवंशका ज्येष्ठ सन्तति तथा बेगनास क्षेत्रको ऐतिहासिक किसान आन्दोलन -२०१२–०१३) का नेता १ सय ४ वर्षीय देवीदत्त तिवारीलाई सम्मान गरियो । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता हरिभक्त कँडेलले नयाँ प्रगतिशील संस्कृति निर्माणमा यस प्रकारका कार्यक्रमले विशेष महत्व राख्ने बताए ।
उनले नेपालका अधिकांश प्रमुख कम्युनिस्ट नेताले विचार अनुसारको आचरण नगरेकाले नै आज यो संकट आएको औंल्याए । अर्का वामपन्थी नेता तथा आनन्द आश्रम ज्ञान केन्द्रका संरक्षक त्रिलोचन ढकालले श्रद्धाभावबाट श्राद्ध शब्द बनेको चर्चा गर्दै यस प्रकारको श्रद्धा नै वास्तविक श्राद्ध भएको जनाए ।
भौतिकवादी दर्शनका अध्येता रामराज रेग्मीले वामपन्थी आन्दोलनमा देवीदत्त तिवारीको योगदानको चर्चा गर्दै २०१२–०१३ सालको बेगनास क्षेत्रमा भएको ऐतिहासिक किसान आन्दोलनमा उनले नेतृत्वदायी भूमिका खेलेको सम्झे ।

२००७ को ऐतिहासिक जनसंघर्षमा नेपाली काङ्ग्रेसको नेतृत्वमा क्रियाशील देवीदत्त २०११ सालदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा सरिक हँुदै प्रारम्भमा पुष्पलालको नेतृत्वमा र २०३६ पछि नेकपा -माले) निकट भएर योगदान गरेको रेग्मीले बताए ।
साहित्यकार डा कृष्णराज अधिकारीले पुस्तकमा झलकपाणिले आफ्ना बुवाको संस्मरणसँगै परिवार र कुल वंशको इतिहास, तत्कालीन सामाजिक परिवेशको चित्रण गरेको जनाए । कार्यक्रममा तिवारी परिवारको तर्फबाट सूर्यनाथ बराल, माझठाना तिवारी कुलवंशको तर्फबाट ईन्द्रप्रसाद जैसी -तिवारी), पोखरा क्षेत्रका बुद्धिजीवी, साहित्यकार तथा सांस्कृतिक अभियन्ताको तर्फबाट भीम रानाभाट लगायतले बोलेका थिए ।
झलकपाणि तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मीप्रसाद भण्डारी, सुशीला बराल र बिमला तिवारीले पनि धारणा राखेका थिए ।





