मुख्य समाचार

अत्यावश्यक नभई यात्रा नगर्न आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मौसम प्रतिकूलताको समयमा अत्यन्त जरुरी कामबाहेक यात्रा नगर्न अनुरोध गरेको छ । प्राधिकरणका उपसचिव एवम् प्रवक्ता शान्ति महतले जल तथा मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण कात्तिक १३ गते बिहीबार दिउँसोदेखि कात्तिक १५ गते शनिबार बिहानसम्म कोशी, मधेस र बागमती प्रदेशको मौसम प्रभावित हुने आङ्कलन गरिएको जनाए । जल तथा मौसम विज्ञान विभागले विशेष गरी कोशी, मधेस र बागमती… पुरा पढौ

जेनजी आन्दोलनका घाइतेको खर्चवापत् ४८ लाख ५८ हजार निकासा

सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भइपरी खर्चवापत् ४८ लाख ५८ हजार रुपैयाँ निकासा दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा भइपरी खर्चवापत प्रत्येक घाइतेलाई २० हजार रुपैयाँका दरले वितरण गर्न यो रकम पठाइएको हो। पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम पठाइसकिएको गृह मन्त्रालयले जनाएको छ। प्राविधिक समितिले वर्गीकरण गरेपश्चात् घाइते भएका व्यक्तिहरूलाई वर्गीकरणका आधारमा उचित राहतको व्यवस्था गर्ने गरी… पुरा पढौ

भाइटीकाको उत्तम साइत ६ गते ११ः३९ बजे

यस वर्षको भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३९ बजे रहेको छ । ‘बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको हो,’ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा।देवमणि भट्टराई भन्छन् । यस वर्ष शनिबार धन त्रयोदशी र धनतेरस परेको थियो भने आइतबार काग तिहार मनाइयो । सोमबार भने बिहान नरक स्नानसहित कुकुर तिहार… पुरा पढौ

कास्कीमा देउसीभैलो खेल्न अब पालिका र प्रशासनको अनुमति अनिवार्य

जेनजी आन्दोलनपछिको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै कास्की प्रशासनले देउसीभैलोसहितका सांस्कृतिक कार्यक्रममा कडाइ गर्ने भएको छ। बुधबार सार्वजनिक सूचना मार्फत जिल्ला प्रशासन कार्यालयले सभा, समारोह, मेला, जात्रा, कन्सर्टलगायतका कार्यक्रम अघि सम्बन्धित पालिकाको अनुमति अनिवार्य गरेको हो। पालिकाको स्वीकृतिपछि आयोजकले कार्यक्रमको मिति, समय, स्थान, सहभागी संख्या र सम्पर्क विवरण उल्लेख गरी प्रशासनमा निवेदन दिनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयो। अनुमति बिना कार्यक्रम हुँदा सुरक्षामा चुनौती र विवाद उत्पन्न हुने… पुरा पढौ

कृष्णबहादुर महरा पक्राउ

माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ परेका छन् । आज उनलाई सीआईबीको टोलीले पक्राउ गरेको हो । त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भिर्त्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उनका छोरा राहुलको निरन्तर संवाद भएको कल रेकर्डले देखाएको थियो । १० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले २ वटा सुटकेश ल्याएका थिए । उक्त सुन… पुरा पढौ

जहाँ बस्दैछ गण्डकी प्रदेशसभाको बैठक

गण्डकी प्रदेशसभा र प्रदेशसभाको सचिवालय आन्दोलनका क्रममा भदौ २४ गतेको आगजनीबाट नष्ट भएका छन् । जेनजी आन्दोलनका कारण अनिश्चित कालका लागि स्थगित भएको गण्डकी प्रदेशसभाको बैठक असोज २२ गतेलाई आह्वान भएको छ । सभामुख कृष्णप्रसाद धितालले भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पोखरा–५, मालेपाटनमा रहेको हलमा २२ गते १ बजे बैठक आह्वान गरेका छन् । गण्डकी प्रदेश सरकारका अन्य कार्यालयले सरसफाइ र मर्मत गरी काम आरम्भ गरे पनि प्रदेशसभाका कुनै… पुरा पढौ

विपद्मा देशभर ४९ जनाको मृत्यु

शनिबार र आइतबारको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सबैभन्दा बढी इलाममा ३७ जनाको मृत्यु भएको छ । त्यस्तै पाँचथरमा सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । रौतहटमा ३, उदयपुरमा २ र खोटाङमा १ जनाको बाढीपहिरोमा परी मृत्यु भएको छ । बाढीपहिरोमा परी ७ जना बेपत्ता छन् भने २० भन्दा बढी घाइते भएका… पुरा पढौ

वर्षा गराउने प्रणाली नेपालबाट बाहिरियो, जोखिम कायमै

वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएर मनसुन कमजोर हुँदै गएको छ। जल तथा मौसम विज्ञान विभागले विज्ञप्ति जारी गर्दै वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएर मनसुन कमजोर हुँदै गएको जनाएको छ। वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएर मनसुन कमजोर भएर मौसममा सुधार आइसकेको भए तापनि मनसुन बहिर्गमन भइनसकेकाले हालको अवस्थामा मौसम र बाढीको सम्भावित अवस्थाको नियमित अनुगमन गरिरहेको विभागका प्रवक्ता विभूति पोखरेलले जानकारी दिए… पुरा पढौ

सप्तकोशीमा असामान्य बाढी, आवतजावत बन्द

सप्तकोशी नदीमा पानीको बहाव असामान्य रुपले बढेको छ । कोशी ब्यारेजमा पानीको बहाव ४ लाख ८६ हजार ७६० क्युसेक पुगेपछि ब्यारेजमा रहेका ५६ वटै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । ब्यारेजमा पानीको बहाव असामान्य रुपमा बढ्दै भएपछि ब्यारेजबाट सवारी आवतजावतमा पूर्णरुपले रोक लगाइएको छ । सप्तकोशीमा पानीको बहाव निरन्तर बढ्दैगएको र पहाडी जिल्लामा पानी निरन्तर परिरहेकाले नदीमा पानीको बहाव बढ्दै जाने अनुमान गरिएको छ ।… पुरा पढौ

अझै ३० घण्टा मनसुन सक्रिय रहने, कहाँ कहाँ छ जोखिम ?

अझै ३० घण्टा मनसुन सक्रिय रहने भएको छ। जल तथा मौसम विज्ञान विभागले नेपालमा अझै ३० घण्टा मनसुन सक्रिय रहने सम्भावना रहेको जनाएको हो। आगामी ३६ घण्टाका लागि गरिएको मनसुनी प्रणालीको अवस्थिति र सम्भावित फैलावटको विश्लेषणबाट बागमती, गण्डकी, मधेस र कोसी प्रदेशका अधिकांश स्थानमा मनसुन सक्रिय हुने देखिएको विभागले जनाएको छ। विभागका अनुसार, सक्रिय मनसुनको ठूलो प्रभाव बागमती र मधेसमा देखिनेछ। विभागले नदीको तटीय क्षेत्रमा रहेकाहरूलाई सुरक्षित स्थानमा जान पनि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं