मुख्य समाचार

प्रेस रजिष्ट्रार विमला भण्डारीलाई नारी उत्थान दिदीबहिनी समाजसेवा पुरस्कार

पोखरास्थित नारीउत्थान दिदीबहिनी समूहद्वारा स्थापित नारी उत्थान दिदीबहिनी समाजसेवा पुरस्कार २०८२ बाट गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीलाई सम्मान गरिएको छ । समूहको मबाह्रौं साधारणसभा एवम् छैटौं अधिवेशनमा उनलाई सो पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा समाजसेवी झपीन्द्रराज रेग्मीले नारीको हकहित संरक्षण गर्दै सामाजिक विकासमा नारीहरूको संलग्नता बढाउने उद्देश्यले स्थापित नारी उत्थान दिदीबहिनी समूहले पुरस्कारसमेत् स्थापना गरी योग्य प्रतिभालाई प्रदान गर्दै आएकोमा खुसी व्यक्त गरे । प्रतिभा छनोट समिति संयोजक… पुरा पढौ

लुम्बिनीले जित्यो एनपीएल-२ को उपाधि

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा फाइनलमा सुदूरपश्चिम रोयल्स हराउँदै लुम्बिनी लायन्सले उपाधि जितेको छ । लिग चरणको सुरुवातमा कमजोर देखिएको लुम्बिनीले उत्कृष्ट कमब्याक गर्दै उपाधि घर लगेको हो । लिग चरणको आफ्नो चौथो खेलसम्म तीन हार खेपेको अवस्थामा रहेको लुम्बिनी सुरुवातमा दबाबमा थियो । तर, लिग चरणका पछिल्ला तीनसहित लगातर ६ खेलमा जित निकाल्दै लुम्बिनीले उपाधि जितेको हो । यसलाई लुम्बिनीको उत्कृष्ट कमब्याकको रुपमा हेरिएको छ । सुदूरपश्चिमले… पुरा पढौ

क्यानका निलम्बित महाप्रबन्धक प्रदीप अधिकारी थुनामा

नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महाप्रबन्धक प्रदीप अधिकारीलाई बिशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जसअनुसार उनी कारागार जलान हुने भएका छन् । नलिञ्चोकको हेलिपोर्ट भ्रष्टाचार प्रकरणमा थुनछेक बहस बहसपछि विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो । उनलाई गत बुधबार अख्तियारले पक्राउ नै गरेर मुद्दा चलाएको थियो । उनीविरुद्ध आइतबार पोखरा विमानस्थल निर्माणसम्बन्धि भ्रष्टाचारमा अर्काे मुद्दा… पुरा पढौ

८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्रीसहित ५५ जनाविरूद्ध मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणमा ८ अर्ब रूपैयाँभन्दा बढी भ्रष्टाचार भएको भन्दै पाँच जना पूर्वमन्त्रीसहित ५५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। एक चिनियाँ कम्पनीविरूद्ध पनि मुद्दा दर्ता गरिएको छ। विशेष अदालतमा आइतबार दायर मुद्दामा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रूपैयाँ बिगो कायम गरिएको छ। भ्रष्टाचार मुद्दा दायर भएका पूर्वमन्त्रीमा पोष्टबहादुर बोगटी, डा। रामशरण महत, भीम आचार्य, रामकुमार श्रेष्ठ र दिपक अमात्य छन्। यीमध्ये पूर्वमन्त्री… पुरा पढौ

दलहरुले प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार उठाउनैपर्ने

निर्वाचन आयोगले आगामी चुनावमा प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा एकतिहाइ महिला सहभागिता नघट्ने गरी सुनिश्चित गर्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य र पुस ११ गतेका लागि तय भएको राष्ट्रियसभा निर्वाचनलाई लक्षित गर्दै आयोगले २० बुँदे निर्देशन जारी गरेको हो । निर्वाचनमा सुशासन र समावेशी समानुपातिक प्रतिनिधित्व कायम गराउन राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम दलहरूलाई निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी… पुरा पढौ

क्यान महानिर्देशक प्रदीप अधिकारी पक्राउ

नागरिक उड्ययन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियारले पक्राउ गरेको छ । उनलाई पक्राउ गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उपस्थित गराएको छ । अधिकारीलाई अभियोगपत्रसहित विशेष अदालतमा उपस्थित गराइएको हो । आयोगले उनीविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दाको अभियोगपत्र दायर गर्दैछ । कात्तिक ३ मा अपरिचित व्यक्तिहरूले सातदोबाटोबाट आफ्नो घरतर्फ जाँदै गर्दा अधिकारीलाई आक्रमण गरेका थिए । उनलाई आक्रमण गरेको आरोपमा काभ्रे घर भएका कोकिलबहादुर शाह, रामेछापको गेलु घर… पुरा पढौ

२५ औँ आहा रारा पोखरा गोल्डकप माघ अन्तिम साताबाट

देशकै प्रतिष्ठित फुटबल प्रतियोगितामध्ये एक आहा रारा पोखरा गोल्डकपको २५ औँ संस्करण आगामी माघ २७ गतेदेखि पोखरामा हुने भएको छ । पोखरा रङ्गशालामा आउँदो फागुन ९ गतेसम्म उक्त प्रतियोगिता हुने भएको आयोजक सहारा क्लब पोखराले आज (सोमबार) पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । हिम श्री फुड्सको मुख्य प्रायोजनामा सञ्चालन हुने प्रतियोगिताको मिति अखिल नेपाल फुटबल सङ्घले दिएका आधारमा आफूहरूले तयारी समेत सुरु गरेको क्लबका अध्यक्ष केशव बहादुर थापाले बताउनु भयो ।… पुरा पढौ

लेखनाथ महोत्सव पुस ३ देखि १४ गतेसम्म

लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो साताबाट २१ औं संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजना र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजनामा हुने महोत्सवको पहिलो चरणको तयारीबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । संघले पुस ३ देखि १४ गतेसम्म पोखरा २७ को तालचोकमा महोत्सव गर्दै छ । संघका अध्यक्ष… पुरा पढौ

राष्ट्रिय माविका अध्यक्ष र वडाध्यक्षसहित ८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले कास्कीस्थित राष्ट्रिय माध्यमिक विद्यालयको भवन तथा जग्गा गैरकानूनी रूपमा निजी विद्यालयलाई भाडामा दिएको मुद्दामा संलग्न आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आज विशेष अदालत, काठमाडौँमा दायर गरेको आरोपपत्रमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित पदेन सदस्य, अन्य सदस्य तथा निजी विद्यालयका सञ्चालक–प्रिन्सिपल मिलेर सरकारी/सामुदायिक सम्पत्ति निजी प्रयोगमा ल्याई भ्रष्टाचार गरेको ठहर गरिएको छ। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार पोखरा–१, पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयको करिब… पुरा पढौ

सन्तोषको छलाङ : एकै दिनमा राजीनामा र एकता

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिएका सन्तोष परियारले आजै नयाँ राजनीतिक यात्रा तीव्र बनाएका छन् । राजीनामा दिँदै नयाँ राजनीतिक अभियान अघि बढाउने बताएका परियारले तीन समूहबीच भएको सहमति पत्रमा हस्ताक्षर गर्नुका साथै दल दर्ताका लागि आवेदनसमेत पेश गरेका छन्। सन्तोष परियारले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानसँग सहकार्य गर्ने भएका छन् । तीन समूहबीच आज ५ बुँदे सहमति भएको हो। सहमति पत्रमा नयाँ शक्तिको तर्फबाट संयोजक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं