एमालेको ३०१ सदस्यीय केन्द्रीय समिति यसरी चुनिनेछ

नेकपा एमालेले पार्टीको एघारौं महाधिवेशनबाट बन्ने केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जारी बन्दसत्रमा विधान संशोधनसहितको प्रस्ताव पेश हुँदैछ ।

सोमबार बिहान ११ बजेसम्म महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन, दाबाविरोध हुनेछ भने ११ बजेपछि उम्मेदवारी दर्ता सुरू हुनेछ। एमालेमा केन्द्रीय कमिटी ३०१ सदस्यीय रहनेछ।

अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९ जना रहने पदाधिकारी संख्या बन्द सत्रको हलमा प्रस्तुत गर्ने निर्णय भएको हो । प्रस्तावअनुसार, ७ प्रदेश र एउटा उपत्यका प्रदेशबाट ४० वर्षमुनिका एक सदस्य चयन गरिनेछ। त्यस्तै, खुल्लाबाट ६ र महिलाबाट तीन सदस्य चयन हुनेछन्।

यसैगरी, महिलाबाट ७३ केन्द्रीय सदस्य आउनेछन्। जसमा महिलामध्ये खुल्ला प्रतिस्पर्धाबाट ५२, जनजातीबाट दुई र युवा १७ जना आउनेछन्।

त्यस्तै, मधेसबाट युवा दुई, खुल्ला ८ र महिला ४ जना चयन गर्नुपर्नेछ। दलितबाट युवा १, खुल्ला ८ र महिला ४ जना आउने व्यवस्था गरिएको छ।

यसैगरी, प्रवासमा भारतबाट एक र अन्य देशबाट एक जना केन्द्रीय सदस्य आउनेछन्। अपाङ्गता भएका व्यक्तिबाट एक जना आउने व्यवस्था गरिएको ती नेताले जानकारी दिए।

केन्द्रीय कमिटीको संरचना :

१) पदाधिकारी (९ ) जना
• अध्यक्ष : १
• उपाध्यक्ष : ५
• महासचिव : १
• उपमहासचिव : ३
• सचिव : ९ जना

२) प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट: ९x८ (७२) जना
• खुल्ला : ५
• महिला : ३
• युवा : १

३) खुल्ला कोटा (१२५ ) जना
• खुल्ला : ७१
• महिला : ५२
• युवा : २

४) जनजाति/आदिवासी (२५) जना
• आदिवासी–जनजाति :
• खुल्ला : १५
• महिला : ८
• युवा : २

५) मधेसी (२०) जना
• मधेसी :
• खुल्ला : ११
• महिला : ६
• युवा : २

६) प्रवास (२) जना
• भारत : १
• अन्य देश : १

७) श्रमिक (३) जना
• खुल्ला : २
• महिला : १

८) अपाङ्गाता भएका ब्यक्ति (१) जना
• खुल्ला : १

९) दलित (१२) जना
• खुल्ला : ७
• महिला : ४
• युवा : १

१०) थारु (८) जना
• खुल्ला : ५
• महिला : ३

११) मुस्लिम (५) जना
• खुल्ला : ४
• महिला : १

१२) थारु (८) जना
• खुल्ला : ५
• महिला : ३

१३) पिछडिएको क्षेत्र (२) जना
• खुल्ला : १
• महिला : १