पर्वतका कारागार प्रमुखसहित ५ विरूद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला कारागार पर्वतका कार्यालय प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

कार्यालय प्रमुख शिला श्रेष्ठसहित ५ जनाविरूद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। उनीहरूले कार्यालयको भान्साघर ब्लक निर्माण सम्बन्धी ठेक्का प्रक्रियामा भ्रष्टाचार गरेको अख्तियारको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।

कार्यालय प्रमुख श्रेष्ठ, बोलपत्र मूल्यांकन समितिका सदस्यहरू सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङका इन्जिनियर विकास अधिकारी, कारागारका नायब सुब्बा हरिकृष्ण शर्मा, सहलेखापाल सुभास घर्ती, मोदीकाली कन्स्ट्रक्सन मोदी(६ पर्वतका प्रोप्राइटर प्रदिप तिमिल्सिना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो।

उनीहरूले २१ लाख ५५ हजार ७३५ रूपैयाँ हानि, नोक्सानी पुर्‍याएको अख्तियारको दाबी छ ।