मुख्य समाचार

सप्तकोशीमा असामान्य बाढी, आवतजावत बन्द

सप्तकोशी नदीमा पानीको बहाव असामान्य रुपले बढेको छ । कोशी ब्यारेजमा पानीको बहाव ४ लाख ८६ हजार ७६० क्युसेक पुगेपछि ब्यारेजमा रहेका ५६ वटै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । ब्यारेजमा पानीको बहाव असामान्य रुपमा बढ्दै भएपछि ब्यारेजबाट सवारी आवतजावतमा पूर्णरुपले रोक लगाइएको छ । सप्तकोशीमा पानीको बहाव निरन्तर बढ्दैगएको र पहाडी जिल्लामा पानी निरन्तर परिरहेकाले नदीमा पानीको बहाव बढ्दै जाने अनुमान गरिएको छ ।… पुरा पढौ

अझै ३० घण्टा मनसुन सक्रिय रहने, कहाँ कहाँ छ जोखिम ?

अझै ३० घण्टा मनसुन सक्रिय रहने भएको छ। जल तथा मौसम विज्ञान विभागले नेपालमा अझै ३० घण्टा मनसुन सक्रिय रहने सम्भावना रहेको जनाएको हो। आगामी ३६ घण्टाका लागि गरिएको मनसुनी प्रणालीको अवस्थिति र सम्भावित फैलावटको विश्लेषणबाट बागमती, गण्डकी, मधेस र कोसी प्रदेशका अधिकांश स्थानमा मनसुन सक्रिय हुने देखिएको विभागले जनाएको छ। विभागका अनुसार, सक्रिय मनसुनको ठूलो प्रभाव बागमती र मधेसमा देखिनेछ। विभागले नदीको तटीय क्षेत्रमा रहेकाहरूलाई सुरक्षित स्थानमा जान पनि… पुरा पढौ

आइतबार र सोमबार बिदा

सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ । देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप दुई बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएको थियो । राजमार्गहरूमा खसेको पहिरो र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अलर्टलाई ध्यानमा राख्दै बिदा दिने निर्णय भएको हो । सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएपनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिने… पुरा पढौ

काठमाडौँसहित २० जिल्ला बाढीको ‘रेड अलर्ट’ मा

निरन्तर वर्षा भइरहँदा बाढी पूर्वानुमान महाशाखाले शनिबार बिहान काठमाडौँसहित २० जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ। बाढी महाशाखाले आज काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, मकवानपुर, चितवन र आसपासका जिल्लाहरूमा बाढीको अति उच्च जोखिमको सम्भावना देखिएको जनाउँदै रेड अलर्ट जारी गरेको हो। साथै इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ,… पुरा पढौ

लामो दूरीका यातायात ३ दिन बन्द

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकोले लामो दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको हो । ुभारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी,… पुरा पढौ

४ दिन अत्यावश्यक नभई घरबाट ननिस्कन, पदयात्रामा नजान आग्रह

जिल्ला प्रशासन कार्यालय कास्कीले असोज १७ गतेदेखि २० गतेसम्म कास्कीबाट हुने कुनै पनि पदयात्रामा ननिस्किन आग्रह गरेको छ । बिहीबार साँझ सूचना जारी गरी प्रशासनले शुक्रबारदेखि सोमबारसम्म उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना भएकाले अन्नपूर्ण हिमाल, मर्दी हिमाल लगायतका कुनै पनि स्थानमा पदयात्रामा नकिस्कन आग्रह गरेको हो । देशका विभिन्न स्थानमा अत्यधिक वर्षा, बाढी, पहिरो र डुबानको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । जल तथा मौसम विज्ञान… पुरा पढौ

असोज १७-२० बाली नकाट्न र काटेको भए भित्र्याइहाल्न सुझाव

जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ। जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातारवण अनुसन्धान केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन जारी गर्दै भारीरअति भारी वर्षाको समयमा कृषिकर्म गर्दा ध्यान दिन अनुरोध गरिएको छ। कृषि मौसमविद् रामेश्वर रिमालले यस समयमा किसानले विशेष ध्यान दिनसके बालिनाली जोगाउन… पुरा पढौ

आज विजयादशमी, टीकाको उत्तम साइत ११ः५३ बजे

नेपालीहरुको महान चाड बडादशैंको मुख्य दिन विजयादशमी आज रहेको छ । यस दिन मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको बडादशैंको टीकाको उत्तम साइत बिहान ११ः५३ बजे रहेको छ । टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने हुन्छ । विजया दशमीका दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण… पुरा पढौ

असोज १७ देखि २० गतेसम्म १७ जिल्लामा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेबाट मनसुन थप सक्रिय हुने जानकारी दिँदै सावधानी अपनाउन अनुरोध गरेको छ । विभागले मङ्गलबार राति दोस्रो दसैँ विशेष मौसम बुलेटिन जारी गरी बङ्गालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा असोज १७ गतेबाट मनसुन थप सक्रिय भई देशका धेरै ठाउँमा वर्षा हुने जानकारी गराएको छ । विभागकी मौसमविद् विनु महर्जनले भनिन्, ुहालको मौसम विश्लेषणअनुसार नेपालमा मनसुनी वायुको प्रभाव केही कमजोर रहे… पुरा पढौ

यसपालिको दसैंका कुन कुन दिन पर्न सक्छ पानी ?

जल तथा मौसम विज्ञान विभागले यस वर्षको दशैंको टीकाको दिनमा पनि पानी पर्ने सम्भावना देखाएको छ । दशैं विशेष मौसम बुलेटिन जारी गर्दै विभागले यस्तो बताएको हो । विभागले अष्टमी, नवमी र दशमी (असोज १४, १५ र १६ गते) को मौसम आँकलन गरेर विशेष बुलेटिन सार्वजनिक गरेको छ । अष्टमी र नवमीको दिनको तुलनामा दशमी अर्थात् दशैंको टीकाको दिन पानी पर्ने बढी सम्भावना देखिएको छ । विभागको विशेष बुलेटिनमा भनिएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं