मुख्य समाचार

एपिएलमा सुगर जाँच सित्तैमा, अरु जाँचमा विशेष छुट

पोखराको महेन्द्रपुल, मेडिकल लाइनमा रहेको अन्नपूर्ण प्याथ ल्याब प्रालि (एपिएल)ले दसैंको अवसरमा विशेष छुट दिइरहेको छ । गएको भदौ २३ गतेदेखि यो असोज २२ सम्म मधुमेहसम्बन्धी रगत जाँच सित्तैमा गर्ने एपिएलले क्यान्सर, भिटामिन बि १२, भिटामिन डी, होल बडी लगायत सबै प्रकारका जाँचमा विशेष छुट दिएको अध्यक्ष गीता कार्की पन्थले जानकारी दिइन् । दक्ष जनशक्ति र अत्याधुनिक प्रविधिबाट सञ्चालित ल्याबले उपलब्ध गराएको अवसरको फाइदा लिन अध्यक्ष कार्कीले अनुरोध गरेकी छन्… पुरा पढौ

तिमिल्सिना अझै चढिरहेका छन् सरकारी गाडी

अहिले संसद विघटन भएपछि सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी दलका सचेतक हितराज पाण्डे, एमाले सचेतक सुनिता बरालले गाडी फिर्ता गरिसकेका छन् । तर राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिनाले भने अझै सरकारी गाडी दुरुपयोग गरिरहेका छन् । राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिनाले चीन सरकारले दिएको विद्युतीय गाडी संसद सचिवालयबाट बलजफ्ती सवारी साधन लगेका थिए । सचिवालयले पटक पटक उनलाई गाडी फिर्ता गर्न भने पनि उनले मानेनका छैनन्। संसदका पूर्वपदाधिकारीलाई सुविधा… पुरा पढौ

४ सयभन्दा बढी अलपत्र आयोजनाको ठेक्का तोड्ने तयारी

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ। सिँचाई आयोजना अन्तर्गत राष्ट्रिय गौरवको सुनकोशी मरिन बहुउद्देश्यीय, भौतिक पूर्वाधार अन्तर्गत तीन सयभन्दा बढी सडक र एक सयभन्दा पुल निर्माण आयोजना अलपत्र छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूलाई जीर्ण आयोजनाहरूको सूची… पुरा पढौ

कति बजे छ दसैं टीकाको उत्तम साइत ?

नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको दसैंको टीकाको साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष शम्भुप्रसाद ढकालका अनुसार असोज १६ गते बिहीबार बिहान ११ः५३ बजे टीकाको उत्तम साइत छ। यस वर्षको दसैं असोज ६ गतेदेखि सुरू हुँदैछ। ढकालका अनुसार असोज ६ गते बिहान ०९ः१३ बजे घटस्थापनाको शुभ साइत छ। असोज १३ गते सोमबार फूलपाती, असोज १४ गते मंगलबार महाअष्टमी र कालरात्रि परेको समितिले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। असोज… पुरा पढौ

पार्टी पुनर्गठनका लागि महामन्त्री छाड्न तयार छु

नेपाली कांग्रेस पार्टीमा आबद्ध साथीहरू,जेन-जी युवाहरूको आह्वानमा भदौ २३ र २४ गते भएको आन्दोलनपछि देश नयाँ चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा छ । नेपाली कांग्रेसका तर्फबाट म र अर्का महामन्त्री विश्वप्रकाश शर्माले भदौ २५ गतेकै दिन संवैधानिक रिक्तता नआओस् भनेर ‘आवश्यकताको सिद्धान्त’ अनुसार वैधानिक बाटोबाट नै राजनीतिक समाधान खोज्न आग्रह गरेका थियौं। हाम्रो प्रस्ताव थियो- संविधान तत्काल संशोधन गरी जेन-जी युवाको मागअनुरूप प्रधानमन्त्री नियुक्त गर्ने र त्यही सरकारमार्फत निर्वाचन सम्पन्न गराउने ।… पुरा पढौ

पोखरामा सहुलियत पसल खुल्यो

पोखरामा सोमबारदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन भएका छन् । नजिकिँदै गरेका दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी कात्तिक १० गतेसम्मका सहुलियत पसल सञ्चालन गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गण्डकी प्रदेश कार्यालय, पोखराका प्रमुख कौशल घिमिरेले जानकारी दिए । पोखराको विरौटास्थित प्रादेशिक कार्यालयमा बिहान १० देखि दिउँसो ५ बजेसम्म सहुलियत पसल सञ्चालन हुनेछ । कार्यालयले सहुलियतस्वरूप प्रतिकिलो ५ छुटसहित स्टिम जिरा मसिनो चामल प्रतिकिलो ८३, अरुवा… पुरा पढौ

रेशमले छाडे नाउपा, नयाँ पार्टी घोषणा

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् । उनले नयाँ पार्टी घोषणा गरेका छन् त्यो हो नागरिक उन्मुक्ति पार्टी, नेपाल । नयाँ पार्टीमा जोडिन सम्पूर्ण पार्टी पंतिलाई आग्रह पनि गरेका छन् । अब जेनजी पुस्ताको माग र भावना समेट्दै अघि बढ्ने उनले प्रण गरेका छन् । छिट्टै नयाँ पार्टीको बैठक बोलाउने र विस्तृतमा जानकारी सार्वजनिक… पुरा पढौ

संसद् विघटनमा माओवादीको गम्भीर असहमति

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा गम्भीर असहमति रहेको जनाएको छ । शुक्रबार भएको पदाधिकारीको भर्चुअल बैठकले यस्तो निर्णय लिएको हो । पार्टी केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले जानकारी दिए । अहिलेको वर्तमान परिस्थितिलाई विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत संसद्लाई विघटन गर्ने निर्णय भएको भन्दै त्यसप्रति गम्भीर असहमति भएको निर्णय माओवादी केन्द्रले गरेको छ । पुरा पढौ

कार्कीले एक्लै लिइन् सपथ, सभामुख र राष्ट्रियसभा अध्यक्ष अनुपस्थित

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति गरेका छन्‌ । पहिलो महिला प्रधानन्यायाधीश कार्की देशको प्रथम महिला प्रधानमन्त्री बनेकी छिन्‌ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको संविधानको धारा ६१ को उपधारा ९४० बमोजिम अन्तरिम सरकारको प्रमुख बनेकी हुन्‌ । उनले आजै शपथग्रहण गरिसकेकी छिन्‌ । सानो मन्त्रिमण्डलसहित सपथ लिने बताइए पनि शुक्रबार उनले एक्लै सपथ लिएकी हुन् । पछिल्लो प्रदर्शन क्रममा उठेको संसद्‌ विघटनको माग सम्बोधन गर्नेगरी राष्ट्रपति कार्यालयमा आजै… पुरा पढौ

सुशीलासँगै अरु यी ३ मन्त्रीले लिने छन् सपथ

प्रधानमन्त्रीमा नियुक्ति भएपछि सुशीला कार्कीले शुक्रबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्दै छिन्। मन्त्रालय टुङ्गो नलागे पनि मन्त्रीहरूको नाम भने टुङ्गो लागेको छ। स्रोतका अनुसार नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ, जेन जीका तर्फबाट सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्यालले मन्त्रीको शपथ लिने छन् । गुरुङ जी–एनजीका तर्फबाट मन्त्रीका लागि सिफारिस भएका हुन् ।धरानमा व्यवसाय गर्नु उनको घर गोरखा हो । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङ केपी शर्मा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं