गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

नेकपा एमालेका नेता गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन्।

केपी ओली प्यानलबाट पदाधिकारीमा हारेका यी दुवै नेता केन्द्रीय सदस्यमा समेत पराजित भएका हुन्।

बराल उपाध्यक्ष र रिमाल उपमहासचिवमा हारेका थिए। केन्द्रीय सदस्यमा बरालले ७५४ र रिमालले ६३० मत मात्रै पाए।