नेपाली कम्युनिस्ट पार्टीसँग नागरिक उन्मुक्ति पार्टीको एकता

नेपाली कम्युनिस्ट पार्टीसँग रन्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच एकता भएको छ। 

सोमबार पार्टी एकतासम्बन्धी १० बुँदे सहमति पत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले हस्ताक्षर गरेका हुन्।