जेनजी आन्दोलनको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहसचिव, प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीको स्थान हद फुकुवा गरेको छ । त्यस बेला प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको भने अझै फुकुवा भएको छैन ।
अनुसन्धानका लागि बयान लिन भन्दै आयोगले यसअघि स्थान हदको निर्णय गरेको थियो । मंगलबार आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको स्थान हद फुकुवा गरेको हो ।
आयोगले उनीहरुको स्थान हदको निर्णय फुकुवा गर्ने निर्णय गरेकोे विज्ञप्तिमार्फत् जानकारी गराएको छ । आयोगले आन्दोलनका विषयमा उहाँहरुसँग बयान लिएपछि स्थान हदको निर्णय फुकुवा गरेको हो ।




