मुख्य समाचार

संविधान संशोधन गर्न ७ दिनभित्र कार्यदल

सरकारले संविधान संशोधनसम्बन्धी विषयमा राष्ट्रिय सहमति निर्माण गर्न कार्यदल गठन गर्ने भएको छ। यसका लागि १५ दिनभित्र राज्यका तर्फबाट औपचारिक क्षमायाचना सहित सुधारमुखी कार्यक्रम घोषण गर्ने भएको छ। मन्त्रिपरिषद बैठकले शुक्रबार स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको चौथो बुँदामा ुसंविधान संशोधन बहसपत्रु तयार गर्न कार्यदल गठन गर्ने उल्लेख छ। देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणाली लगायत संविधान संशोधनसम्बन्धी विषयमा राष्ट्रिय सहमति निर्माण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले उक्त… पुरा पढौ

बालेन: ¥यापर, मेयर हुँदै प्रधानमन्त्री

नेपालको ४३ औँ प्रधानमन्त्रीमा वालेन्द्र शाह -बालेन) नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का संसदीय दलका नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । नेपालको संविधानको धारा, ७६ -१) अनुसार बहुमत प्राप्त संसदीय दलको नेताका रूपमा राष्ट्रपति पौडेलले केहीबेरमा शाहलाई पद तथा गोपनीयताको शपथ गराउँदै हुनुहुन्छ । नवनियुक्त प्रधानमन्त्री शाह गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं ५ बाट निर्वाचित हुनुभएको थियो… पुरा पढौ

ओली र लेखकमाथि तत्काल कारबाहीअघि बढाउने निर्णय

वालेन्द्र शाह नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वायन गर्ने निर्णय गरेको छ।   पदभार ग्रहणलगत्ते बसेको पहिलो बैठकले प्रतिवेदनलाई कार्यान्वायनमा लैजाने निर्णय गरेको हो ।  सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले सिफारिस बमोजिम गर्ने र अन्यको हकमा सो आयोगले गरेको सिफारिस तत्काल कार्यान्वायन गर्न निर्देशन दिने निर्णय भएको छ।   जसअनुसार तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि तत्काल… पुरा पढौ

३५ वर्षीय बालेन नेपालका ४७ औं प्रधानमन्त्री

काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह -बालेन) नेपालको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा ९१० बमोजिम बालेनलाई बहुमतप्राप्त दलको संसदीय दलको नेताको हैसियतमा शुक्रबार बिहान प्रधानमन्त्री नियुक्त गरेका हुन्। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झापा–५ बाट पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका शाह शुक्रबार प्रधानमन्त्री बनेका हुन् । झापा ५ मा बालेनले… पुरा पढौ

रविको कास्की अदालतको तारेख टुट्यो, अबको प्रक्रिया के ?

राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) सभापति रवि लामिछानेले जिल्ला अदालत कास्कीमा विचाराधीन सूर्यदर्शन सहकारी ठगी प्रकरणको मुद्दामा अदालतको तारेखमा आउन नपर्ने भएको छ । न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले लामिछानेले दर्ता गराएको निवेदनमाथि सुनुवाई गर्दै मङ्गलबार उक्त आदेश जारी गरेको हो । लामिछानेले आइतबार अदालतमा …तारेखमा नबस्ने अनुमति पाऊँÚ भनी निवेदन दर्ता गराएका थिए । यसअघि लामिछानेलाई हरेक महिनामा कम्तीमा एक पटक अदालतमा उपस्थित हुनुपर्ने व्यवस्था थियो । अदालतका सूचना अधिकारी रामबहादुर… पुरा पढौ

नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्क

विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विमानस्थलको आगमन र प्रस्थान कक्षमा विशेष डेस्क स्थापना गरी सेवा दिन सुरु गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेका अनुसार पहिला एनआरएनए र भिषा फ्रि भएका मुलुक र व्यक्तिका लागि छुट्टै डेस्को व्यवस्था गरिएको थियो । अब नेपाली मूलका विदेशी… पुरा पढौ

पार्टीहरूले खिया लागेकाे इन्जिन फेर्नुपर्छ

यस पटककाे प्रतिनिधि सभा सदस्यकाे निर्वाचनमा रास्वपाले भारी बहुमत प्राप्त गरी एकमना सरकार चलाउने अवसर पायाे । ठूला दलहरू नेका, एमाले, नेकपा सबैकाे शर्मनाक हार भयाे । अहिलेसम्म संसदमा उपस्थिति जनाएका राप्रपा, मजदुर किसान पार्टी, जनमाेर्चा र मधेशवादी दलहरूकाे संसदमा उपस्थिति शून्य रह्याे । यसलाई संसदीय अभ्यासकाे ठूलै उथलपुथल मान्नुपर्छ । रास्वपा लामाे इतिहास बाेकेकाे दल हाेइन । यसकाे नेतृत्व गर्ने बालेन र रवि विवादकाे घेरामा तानिएका व्यक्ति हुन् ।… पुरा पढौ

१ करोड फिरौती माग्ने जेल चलान

सप्तरी जिल्लामा सात वर्षीया बालिकाको अपहरण गरेर फिरौती मागेको अभियुक्तलाई पुर्पक्षका लागि कारागार पठाइएको छ। सप्तरी जिल्ला अदालतको आदेशपछि अभियुक्तलाई पुर्पक्षका लागि सप्तरी कारागार राजविराज पठाइएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्लाको खडक नगरपालिका–८, बिसनपुरमा डेरा गरी बस्ने इमरान खानकी छोरी आसु खातुनलाई गत फागुन ५ गते बेलुका करिब ७ बजे सोही नगरपालिका–९, सर्पा टोलका ३० वर्षीय इम्तियाज अहमदले मोटरसाइकलमा राखी अपहरण गरेका थिए । घटनापछि इलाका प्रहरी… पुरा पढौ

पर्वतका आइतबहादुर पोखरामा मृत भेटिए

कास्कीको पोखरा महानगरपालिका–१४ स्थित विजयपुर खोलामा एक पुरुष मृत भेटिएका छन् ।पर्वतको मोदी गाउँपालिका–९ देउपुर घर भएका ५१ वर्षीय आईत बहादुर नेपाली मृत अवस्थामा भेटिएका हुन् । उनी मंगलबार मृत अवस्थामा भेटिएका हुन् । घटनाबारे थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ । पुरा पढौ

पहिले रुकम, पछि कास्कीबाट नागरिकता लिने हीराधन पक्राउ

जिल्ला प्रशासन कार्यालय कास्कीले गलत विवरण पेश गरी दोहोरो नेपाली नागरिकता लिएको आरोपमा १ जना नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको छ । साविक रुकुम जिल्लाको कोल गाउँ विकास समिति वडा नम्बर १ घर भएका हीराधन पुनलाई दोहोरो थप अनुसन्धानका लागि प्रशासन जिल्ला प्रहरी कार्यालय कास्की पठाएको हो । पुनले यसअघि जिल्ला प्रशासन कार्यालय रुकुमबाट २०४७ फागुन २९ गते नागरिकता लिएकोमा ४ वर्षपछि फेरि जिल्ला प्रशासन कार्यालय कास्कीबाट अर्को नागरिकता लिएका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं