मुख्य समाचार

राइड सेयरिङ र ८०% प्रगति नै केसीका मुख्य उपलब्धि

गण्डकी प्रदेशसभा सदस्य प्रकाशबहादुर केसीको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारीबाट बुधबारबाट समाप्त भयो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू नेतृत्वको मन्त्री मण्डलका सबै मन्त्री परिवर्तन गर्दै बुधबार सपथ गराए । निवर्तमान मन्त्री केसीको कार्यकालका मुख्य उपलब्धिमा राइड सेयरिङ सेवाको प्रक्रिया सुरु र मन्त्रालयको प्रगति ८० प्रतिशत हुनु देखिएका छन् । २०८१ भदौ १७ गते मन्त्री नियुक्त भएका केसीले मन्त्रालयका योजना कार्यान्वयनमा विभिन्न पहल गरेका थिए । मन्त्रालयका कार्यचारी,… पुरा पढौ

सर्वाेच्चले भन्योः पालिका गैरदलीय बनाउन मिल्दैन

स्थानीय तहलाई गैरदलीय बनाउने माग सर्वोच्च अदालतले अस्वीकार गरेको छ । २०७९ साल जेठमा दलीय आधारमा निर्वाचित भएका स्थानीय तहका ३६ हजारभन्दा बढी जनप्रतिनिधिको पद खारेज गर्दै अब हुने चुनाव गैरदलीय आधारमा बनाउन माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको हो । अधिवक्ता प्रकाश अधिकारीले एक वर्षअघि दायर गरेको रिट निवेदनमाथि अन्तिम सुनुवाइ गर्दै बुधबार संवैधानिक इजलासले रिट निवेदन नै खारेज गरेको हो । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान… पुरा पढौ

राधिका कँडेलको नेतृत्वमा सञ्चारिका समूह गण्डकी

पत्रकार महिलाहरुको संस्था सञ्चारिक समूहको गण्डकी गण्डकी प्रदेश अध्यक्षमा राधिका कँडेल निर्वाचित भएकी छन् । समूहको सातौं अधिवेशनबाट कँडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चुनिएको हो । अध्यक्षमा कँडेल राष्ट्रिय समाचार समितिमा फोटो पत्रकार छिन् । २ दशकदेखि पत्रकारितामा क्रियाशील राधिका नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्यसमेत हुन् । उनले अहिले पत्रकार महिलाहरुले भोग्नुपरेका चुनौतीहरु पहिचान गरी ती चुनौती सामना गर्न सबैको साथमा प्रयत्न गरिने बताइन् । ‘अहिले… पुरा पढौ

सबै उच्चपदस्थ कर्मचारी र राजनीतिक पदाधिकारीको सम्पत्ति छानबिन हुने

सरकारले बुधबार सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गरेको छ । पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन भएको हो । दोस्रो जनआन्दोलनयता सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकल प्रमाणीकरण तथा छानबिन गर्न सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गर्ने निर्णय गरेको हो । आयोगमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, पूर्वन्यायाधीश चण्डिराज ढकाल, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी… पुरा पढौ

बादल भन्छन्ः अहिलेको सरकार कठपुतली सरकार हो

नेकपा -एमाले)का कार्यवाहक अध्यक्ष एवं प्रतिनिधिसभामा संसदीय दलका नेता रामबहादुर थापा -बादल)ले अहिलेको सरकार बारबरा फाउन्डेसन, विदेशी शक्तिकेन्द्रहरुको योजनामा बनेको आरोप लगाएका छन् । एमाले कास्कीले बुधबार आयोजना गरेको जिल्ला भेलामा उनले भने, ‘अहिले कठपुतली सरकार बनेको छ । उनीहरुले नेपालीमा रहेको असन्तुष्टि उपयोग गरी तख्तापलट गरे ।’ उनले अमेरिकी शक्तिहरु फेरि खम्पा विद्रोह गराउने र तिब्बतलाई स्वतन्त्र बनाउने लक्ष्यका साथ केही व्यक्तिलाई लिएर आएको जिकिर गरे । अहिले संघीय… पुरा पढौ

गण्डकीका पत्रकारलाई लेखनवृत्ति

गण्डकी प्रदेशमा सक्रिय पत्रकारहरूलाई लक्षित गर्दै प्रेस रजिष्ट्रारको कार्यालयले लेखनवृत्ति कार्यक्रम सञ्चालनमा ल्याएको छ। खोजमूलक, अनुसन्धानमूलक तथा विश्लेषणात्मक सामग्री उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको कार्यालयले जनाएको छ। प्रेस रजिष्ट्रार विमला भण्डारीका अनुसार लेखनवृत्ति वितरणका लागि आवश्यक कार्यविधि तयार पारिएको छ र इच्छुक पत्रकारहरूबाट आवेदन माग गर्दै १५ दिने सूचना प्रकाशन भइसकेको छ। कार्यक्रममा सहभागी हुन प्रदेशभित्रका सञ्चारमाध्यममा कार्यरत पत्रकार हुनुपर्नेछ भने कम्तीमा तीन वर्षदेखि सक्रिय स्वतन्त्र पत्रकारले पनि… पुरा पढौ

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क लिने निजी विद्यालयले शुल्क फिर्ता गर्न अटेर गरेको पाइएमा कानुनअनुसार कारबाही गर्न गृह प्रशासन र स्थानीय तहलाई आग्रह गरेको छ । केही संस्थागत विद्यालयले प्रचलित कानुन तथा सम्मानित सर्वोच्च अदालतको आदेश विपरीत हुनेगरी शैक्षिकसत्र प्रारम्भ हुनपूर्व नै विद्यार्थी भर्ना गर्ने र स्वीकृत मापदण्डभन्दा बढी शुल्क असुली गर्नेगरेको कार्य सच्च्याउन यही चैत २२ गते निर्देशन दिइएको थियो । केही संस्थागत विद्यालयबाट अझै पनि… पुरा पढौ

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको हो । उनीहरू हाल नेपालबाहिर रहेका छन् । गत २४ भदौमा जेन–जी विद्रोहका क्रममा देउवाको निवासमा आगजनी भएको थियो । त्यसक्रममा उनको निवासमा पैसा जलेको अवस्थामा भेटिएको थियो । सोही दिनको घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले… पुरा पढौ

आलु महोत्सवको तयारीमा हेमजाली

File Photo पोखरा उपमहानगरलाई महानगर बनाउँदा यसमा गाभिएका दश गाविसमध्ये हेमजा पनि एक हो । गाविसबाट महानगर बनेपछि हेमजाको पृथक पहिचान गुमाएको यो क्षेत्रको अर्काे मौलिक पहिचान पनि हराउँदै जाने जोखिम बढेको छ । …आलु गाउँÚका रुपमा चर्चित हेमजामा सहरीकरण बढ्दै जाँदा आलु खेती घट्दै गएको छ, घरहरु बढ्दै गएका छन् । पछिल्लो १० वर्षमा हेमजा क्षेत्रमा ५२.१० प्रतिशतले बस्ती बढेको तथ्याङ्कले देखाउँछ । विंसं. २०७८ को जनगणनाअनुसार साविकको हेमजा… पुरा पढौ

फेवा नभए माछा हुँदैन, माछा नभए जलारी…

कास्कीको पोखरा–१८, खपौदीकी शान्ति जलारीको मन शनिबार बिहानबाट अशान्त छ । उहाँलाई शुक्रबारसम्म फेवातालमा माछा पहिले जस्तो नपाइएको सुर्ता थियो, शनिबार झिसमिसेदेखि थातथलोबाट उठिबास हुने चिन्ता थपियो । तालघरबाट ६५ मिटर मापदण्ड कायम गर्न शनिबार सो क्षेत्रमा बनेका संरचनामा डोजर चलेपछि किनारका विभिन्न ठाउँमा बस्ने जलारी समुदायको चैन हराएको छ । ताल किनारको सार्वजनिक जग्गामा अस्थायी घर बनाएर बस्दै आउनुभएकी शान्तिको परिवारमा दुई छोराछोरी र श्रीमान हुनुहुन्छ । आफूहरु ताल… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं