मुख्य समाचार

टेकनाथको स्मृति दिवसमा शेरचन पुरस्कृत

वाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको अभाव खड्किएको तीन वर्ष भयो । वाम बुद्धिजीवी एवं मानवअधिकारवादी नेता बरालको तेस्रो स्मृति दिवसमा आइतकार उनका समवयी, आफन्त, शुभेच्छुकहरूले उनको सम्झना गरे । टेकनाथ बराल अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा उनका सहयात्री अमिक शेरचनलाई टेकनाथ स्मृति पुरस्कार प्रदान गरियो । माक्र्सवादी चिन्तकसमेत रहेका नेकपा मसालका महासचिव मोहनविक्रम सिंह र केन्द्रका अध्यक्षसमेत रहेका बरालका छोरा विद्याविमलले शेरचनलाई नगद ५० हजार… पुरा पढौ

रसुवा–भोटेकोशी बाढीपछि स्वास्थ्य जनशक्ति परिचालनका लागि तयारी अवस्थामा रहन परिषद्को आग्रह

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले स्वास्थ्यकर्मीलाई आपत्कालीन उद्धार तथा स्वास्थ्य सेवाका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ। नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष शगुन पौडेलका अनुसार परिषद्ले २६ अगस्ट २०२६ मा आएको भोटेकोशी बाढीपछि दर्तावाला स्वास्थ्य व्यवसायीलाई आवश्यक परे मानवीय तथा स्वास्थ्य सेवामा परिचालन हुन तयार रहन सूचना जारी गरेको हो। परिषद् स्वास्थ्य व्यवसायीको नियामक निकाय भएकाले प्रत्यक्ष रूपमा उद्धार तथा उपचार टोलीको नेतृत्व गर्नेभन्दा स्वास्थ्य… पुरा पढौ

गण्डकीमा सत्ता समीकरण फेरिएसँगै एमालेका चार मन्त्रीद्वारा राजीनामा

गण्डकी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार जना मन्त्रीले बुधबार पदबाट राजीनामा दिएका छन्। एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेपछि मन्त्रीहरूले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष भेट गरी राजीनामा बुझाएका हुन्। यसअघि मंगलबार बसेको संसदीय बोर्ड बैठकले मन्त्रीहरूलाई सरकारबाट बाहिरिने निर्णय गरेको थियो। राजीनामा दिनेमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री गोविन्द नेपाली, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीम कार्की, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल र स्वास्थ्यमन्त्री लक्ष्मण पाण्डे रहेका छन्।… पुरा पढौ

कहाँ के भयो ? : अपडेट

रसुवा, नुवाकोट र धादिङको तटीय क्षेत्रमा ठूलो क्षतिबुधबार विहान करिब ९ बजे देखि रसुवामा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङको तटीय क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । तिब्बती क्षेत्रबाट आएको बाढीले सुरुमा रसुवाको टिमुरे क्षेत्र पुरै तहनहस पारेको छ । त्यहाँ टिमुरे भन्सार देखि प्रहरी लगायत सरकारी कार्यालयहरुमा क्षति पुगेको छ । टिमुरेमा बगाए पाँच सय गाडीटिमुरे भन्सारमा राखिएका करिब पाँच सय वटा गाडी बगाएका छन् । भोटेकोशीमा आएको… पुरा पढौ

उद्धारमा हेलिकप्टर उडाउन अनुमति लिनु नपर्ने

बाढीबाट पीडितको उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टरले अनुमति लिन नपर्ने भएको छ । तिब्बतबाट आएको ठूलो बाढी रसुवा हुँदै नेपालका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ । ठूलो मात्रामा भौतिक संरचना बाढीका कारणले क्षति पुर्‍याएको छ । बाढीका कारणले सम्पर्कविहीन हुनेहरुको संख्या यकिन हुन सकेको छैन । बाढी पीडितको उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टरले अनुमति नलिइ उडान गर्नसक्ने गरी प्रधानमन्त्री कार्यालयबाट निर्देशन दिइएको छ । पुरा पढौ

कसरी आयो बाढी ?

रसुवामा पानी नपरेकाले वर्षात्का कारण बाढी नआएको पक्का छ । विपद् प्राधिकरणकी प्रवक्ता शान्ति महतले तिब्बतमा हिउँपहिरोले नदी थुनिएको र अहिले हिउँ पग्लिएका कारण रसुवामा बाढी आएको अनुमान गरेकी छन् । बाढी आएपछि मात्र नेपालमा थाहा हुने अवस्था अन्त्य गर्न दुवैतिरका सरकारबिच यसबारे छलफल हुने वातावरण निर्माण गर्नुपर्ने भएको छ । बाढीबाट रसुवागढीमा भन्सार कार्यालय र आसपासका प्रहरी चौकी र हेल्थ पोस्टहरूमा क्षति पुगेको छ । तिब्बतबाट बिहान पौने ९… पुरा पढौ

पोखराबाट जाने गाडी रोकिए

बिहीबार बिहान तिब्बतबाट रसुवा हुँदै आएको बाढीका कारण कास्कीबाट पृथ्वीराजमार्ग हुँदै जाने गाडी पोखरामै रोकिएका छन् । मुग्लिङ कटेर पूर्व वा पश्चिमतर्फ जाने गाडी बिच बाटोमै अलपत्र पर्न सक्ने भएकाले बिहीबार बिहान साढे ११ बजेतिरबाट गाडी रोकिएका हुन् । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले पोखरा हुँदै जाने र पोखराबाट छुट्ने गाडीहरु रोकिएको जानकारी दिए । æभर्खरै हामीले मुग्लिङ हुँदै जाने गाडीलाई पोखरामै रोकेका छौँ, उनले भने, बिच बाटोमै… पुरा पढौ

जलवायु प्रभावको खोजदेखि डिजिटल पत्रकारितासम्म ः महिला पत्रकारलाई सशक्त बनाउँदै प्रादेशिक कार्यशाला आज समापन हुदै

गण्डकी प्रदेशका महिला पत्रकारलाई जलवायु परिवर्तनका स्थानीय प्रभावमा खोजमूलक तथा तथ्यमा आधारित रिपोर्टिङ गर्न सक्षम बनाउने उद्देश्यले सञ्चारिका समूह नेपालको आयोजनामा सञ्चालित ‘व्यावहारिक पत्रकारिता सीप’ प्रादेशिक कार्यशाला आज समापन हुदै छ । महिला पत्रकारलाई प्रविधिमैत्री, खोजमूलक र जिम्मेवार पत्रकारितातर्फ अग्रसर गराउने उद्देश्यले आयोजित कार्यशालामा जेण्डर संवेदनशील जलवायु रिपोर्टिङ, समावेशी पत्रकारिता, खोजमूलक अनुसन्धान, डिजिटल पत्रकारिता, तथ्य जाँच मोबाइल पत्रकारिता तथा पत्रकारिताको आचारसंहिता लगायतका विषयमा व्यावहारिक प्रशिक्षण दिइएको थियो। कार्यशालामा सहभागी महिला… पुरा पढौ

असामान्य मौसममा फेवातालमा डुङ्गा चलाउन निषेध

जिल्ला प्रशासन कार्यालय कास्कीले फेवातालमा डुङ्गा दुर्घटना बढेपछि मौसम बिग्रिएका बेला डुङ्गा चलाउन रोक लगाएको छ । प्रशासनले बिहीबार सूचना जारी गरी डुङ्गा, कायाकिङ र सर्फिङ -राफ्टिङ/बोटिङ) सञ्चालन गर्ने व्यवसायी तथा सरोकारवालालाई सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको हो । तालमा मङ्गलबार पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको थियो भने बुधबार माछा मार्ने क्रममा अर्का युवकको ज्यान गएको थियो । यसअघि पनि हावाहुरीका कारण फेवातालमा फसेका… पुरा पढौ

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट पक्राउ गरेको हो। पौडेललाई विभागको पत्र पछि पक्राउ गरिएको कर्णाली प्रदेशका प्रहरी प्रमुख जयराज सापकोटाले जानकारी दिए। ‘सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि विभागले पत्र पठाएको थियो। त्यही पत्र पछि हामीले राखेका छौं,’ उनले भने। उनी सुर्खेतस्थित एक होटलबाट साँझ साढे ५ बजेतिर पक्राउ परेका हुन्। पौडेललाई बाँकेको नेपालगंजतर्फ लगिएको छ। त्यहाँबाट सम्भव भएसम्म… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं