मुख्य समाचार

सारङ्गी पार्कलाई ७० लाख, प्रज्ञा प्रतिष्ठानलाई सवा करोड

पोखरा महानगरले वडा नम्बर १८ मा सारङ्गी पार्क बनाउने भएको छ । त्यसका लागि आगामी वर्ष ७० लाख बजेट विनियोजन गरिएको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले १९ औँ नगरसभामा शुक्रबार बजेट प्रस्तुत गरेको बजेटमा यस्तो उल्लेख छ । यस्तै महानगरको पोखरा प्रज्ञा प्रतिष्ठानका लागि आगामी वर्ष एक करोड ३० लाख बजेट छ । अहिले प्रतिष्ठान पदाधिकारी विहीन छ । यस्तै, विद्यालय तहका खेलकुद गतिविधिमा एक करोड, बहुप्राविधिक शिक्षालयका लागि… पुरा पढौ

रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता

जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ । न्यायाधीश आत्मदेव जोशीको इजलासले आज सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन आदेश गरेको हो । आदेशमा भनिएको छ, “निवेदन मागबमोजिम प्रस्तुत निवेदनसँग सम्बन्धित सङ्गठित रूपमा ठगी गरेको मुद्दाको अभियोगपत्रमा ठगीतर्फको अभियोग कायम राखी सङ्गठित अपराधतर्फको अभियोग कायम नरहनेगरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम यो… पुरा पढौ

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब

जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने गरी प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ । कोषमा यही जेठ २० गतेसम्म एक खर्ब ११ अर्ब सात करोड पाँच लाख ८५ हजार बराबरको योगदान रकम जम्मा भएको छ । दैनिक रूपमा रकम थपिँदै गएकाले लगानीको दायरा विस्तार गर्नुपर्ने निष्कर्षमा कोष पुगेको छ । सोही आधारमा कोषले सरकारी… पुरा पढौ

एसईईमा चिट चोर्न प्रयोग भएका ४९६ मोबाइल र पाँचवटा ‘स्मार्टवाच’ नष्ट

सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चिट चोर्न प्रयोग गरिएको आरोपमा बरामद गरिएका ४९६ वटा मोबाइल फोन र पाँच वटा स्मार्टवाच नष्ट गरिएको छ। गत चैतमा सम्पन्न एसईई परीक्षाका क्रममा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट सात वटा आइफोन, ४८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल र पाँच वटा स्मार्टवाच बरामद गरिएको थियो। ती उपकरण परीक्षा सञ्चालन निर्देशिका विपरीत प्रयोग भएको भन्दै आज नष्ट गरिएको हो। मधेस प्रदेशकी तत्कालीन शिक्षामन्त्री रानी शर्मा तिवारीले… पुरा पढौ

राइड सेयरिङको भाडादर तय, केमा कति ?

गण्डकी प्रदेश सरकारले यो सेवा दिने सवारीहरुको भाडादर तोकेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपालीले हालै नियमावली बमोजिम मन्त्रिस्तरीय निर्णयबाट भाडादर तोकेका हुन् । अब सेवाग्राहीले राइड सेयर सेवामा चारपाङ्ग्रे सवारी साधन प्रयोग गर्दा चढ्नासाथ सुरुवाती भाडा ६० रुपैयाँ तिर्नैपर्नेछ । जतिसुकै कम दूरीमा यात्रा गरे पनि सुरुआती भाडा ६० रुपैयाँ र दुई किलोमिटरको भाडा ९७ रूपैयाँ गरी न्यूनतम एक सय ५७ रुपैयाँ तिर्नुपर्नेछ ।… पुरा पढौ

फिर्केका १०५ संरचना भत्किए, आज पृथ्वीचोकका हटाइने

पोखरा महानगरले सार्वजनिक जग्गा, बाटो, खोलानाला अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ । पोखराको पृथ्वीचोकमा हङकङ बजार अगाडि सङ्घ, संस्थाहरुले प्रयोग गर्दै आएका भवनहरु बिहीबार भत्काइने भएको छ । यसअघि ३५ दिने सूचना निकालेर संरचना हटाउन आग्रह गरेको महानगरले बुधबार माइकिङ गरी बिहीबार बिहान ११ बजेबाट भत्काइने जानकारी दिएको थियो । यहाँ सहारा क्लब, सामुदायिक प्रहरी सेवा केन्द्र, जिफन्ट गण्डकी, ट्रेड युनियन कांग्रेस, हिमाली सांस्कृतिक परिवार लगायतका… पुरा पढौ

मध्यराति फेवातालमा नुहाउँछु भनेर गएका युवाको मृत्यु

फेवातालबाट एक युवाको उद्धार गर्दै सशस्त्र प्रहरी बल । कास्कीको पोखरा महानगरमा पर्ने फेवातालमा पौडी खेल्ने क्रममा बुधबार रति डुबेर एक युवाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर ११, काहुँडाँडा बस्ने २८ का रिवाज गुरुङलाई बिहीबार बिहान सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धार गरे पनि उपचारका क्रममा मृत्यु भएको हो । गुरुङ फेवातालमा पौडी खेल्ने क्रममा बुधबार सम्पर्कविहीन भएको र पछि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षण… पुरा पढौ

पूर्वराष्ट्रपति भण्डारीअब एमाले पार्टी सदस्य

एमालेको सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ । एमाले उपमहासचिव लेखराज भट्टले सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा निजी निवास गुण्डुमा बसेको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आज भएको एउटै के हो भने महत्त्वपूर्ण निर्णय पूर्व राष्ट्रपतिको सदस्यता दिने निर्णय भएको छ ।” उहाँले एमाले सचिवालयको अर्को बैठक जेठ ८ गते बिहान साढे ११ बजे गुण्डुमा बस्ने पनि जानकारी दिनुभयो… पुरा पढौ

७ खाद्य उद्योगलाई मुद्दा

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्ने गरेको, अनुमतिपत्र नलिई उद्योग संचालन गरेको, लेबल अपूर्ण र अनुमतिपत्र नलिई खाद्य व्यवसाय संचालन गरेको पाइएपछि मुद्दा चलाएको हो । कार्यालयलाई खाद्य तथा दाना ऐनअनुरुप सम्बन्धित जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्दा चलाउने… पुरा पढौ

शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालक नियन्त्रणमा

नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालकलाई आज नियन्त्रणमा लिएको छ ।  कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रामेश्वर कार्कीले शैक्षिक परामर्श केन्द्रहरूले पालना गर्नुपर्ने मापदण्ड प्रक्रिया पूरा नगरी र दर्ता तथा नवीकरण नगरी पूर्वतयारी कक्षा, भाषा शिक्षणसम्बन्धी सेवा प्रदान गर्दै आएकाले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो ।  उहाँका अनुसार उपत्यकाका ९५ वटा शैक्षिक परामर्श केन्द्रमा गरिएको अनुसन्धानमा उक्त गैरकानुनी कार्य… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं