पोखरा महानगरले वडा नम्बर १८ मा सारङ्गी पार्क बनाउने भएको छ । त्यसका लागि आगामी वर्ष ७० लाख बजेट विनियोजन गरिएको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले १९ औँ नगरसभामा शुक्रबार बजेट प्रस्तुत गरेको बजेटमा यस्तो उल्लेख छ ।
यस्तै महानगरको पोखरा प्रज्ञा प्रतिष्ठानका लागि आगामी वर्ष एक करोड ३० लाख बजेट छ । अहिले प्रतिष्ठान पदाधिकारी विहीन छ । यस्तै, विद्यालय तहका खेलकुद गतिविधिमा एक करोड, बहुप्राविधिक शिक्षालयका लागि दुई करोड ६० लाख बजेट छ ।
नगरसभामा उपप्रमुख गुरुङले आगामी वर्षका लागि सात अर्ब १५ करोड २५ लाखको बजेट सार्वजनिक गरेकी छन् । यसपालि चालु खर्चतर्फ ५५ प्रतिशत र पुँजीगततर्फ ४५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।




